ट्रेंडिंग:

>> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान >> “फूलको माला” नयॉ रत्यौली गीत सार्वजनिक (भिडियोसहित)  >> ‘विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली’ सार्वजनिक गर्ने अध्यागमनको तयारी >> श्री पालु सिद्ध प्राथमिक विद्यालयमा अक्षयकोष स्थापना >> एमाले महाधिवेशन : उद्घाटन सत्रमा १० हजार स्वयंसेवक खटाइने >> आज पनि घट्यो सुनचाँदीको मूल्य >> सामाजिक सञ्जाललाई माध्यम बनाएर यौन दुर्व्यवहार बढ्दै

अन्ततः अमेरिकी अदालतमा वकिल बनेर उभियो एआई, गर्यो बहस्

२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

वासिङ्टन, २५ चैत ।

आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आज हरेक क्षेत्रमा तिब्र गतिमा प्रयोग भइरहेको छ । शिक्षा, स्वास्थ्य, व्यवसायदेखि मनोरञ्जनसम्म एआईले आफ्नो प्रवेश गरेको छ। तर, हद तब पुग्यो जब एक व्यक्तिले अमेरिकाको न्युयोर्कको पुनरावेदन अदालतमा आफ्नो मुद्दा चलाउन एआई अवतारको मद्दत लिन पुगेका छन् ।

यो घटनाले प्रविधिको बढ्दो हस्तक्षेपलाई लिएर नयाँ बहस सुरु गरेको छ । मार्च  २६ मा जेरोम डेवाल्ड नामका एक व्यक्ति आफ्नो जागिर सम्बन्धी मुद्दामा सुनुवाईको लागि न्यूयोर्क पुनरावेदन अदालतमा उपस्थित भएका थिए । डिवाल्ड, जसले आफ्नो मुद्दामा वकिलको सहयोग लिइरहेका थिएनन्, उनले अदालतमा आफ्नो धारणा राख्न पूर्व रेकर्ड गरिएको भिडियो पेश गरेका थिए ।सुनुवाइ सुरु हुने बित्तिकै न्यायमूर्ति सेली मन्जानेट डेनियलले भनिन्, ‘प्रतिवादीले आफ्नो निवेदनको लागि भिडियो पेश गरेको छ। ठीक छ, हामी अब त्यो भिडियो सुन्नेछौं।’

भिडियो सुरु हुने बित्तिकै स्क्रिनमा स्टाइलिश कपाल र अनुहारमा फराकिलो मुस्कान भएको एक युवक देखा पर्‍यो। भिडियो सुरु गर्ने बित्तिकै उनले भने, ‘न्यायालयलाई नमस्कार, म आज यहाँ पाँचजना सम्मानित न्यायाधीशहरू समक्ष एक विनम्र स्व अधिवक्ताको रूपमा उपस्थित छु ।’ तर त्यसपछि न्यायमूर्ति मान्जानेट डेनियलले उनलाई रोकेर सोधे, ‘पर्खनुहोस्, के यो मुद्दाको वकिल हो ।’

जवाफमा देवाल्डले स्तब्ध पार्ने खुलासा गरे, ‘मैले यो एआइवाट उत्पन्न गरेको थिएँ। यो वास्तविक व्यक्ति होइन।’ यो सुनेर अदालतमा सन्नाटा छायो। न्यायाधीशहरूलाई यो पटक्कै मन परेन। न्यायमूर्ति मान्जानेट डेनियलले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भने, ‘एआई अवतारको प्रयोगबारे अदालतलाई पहिल्यै जानकारी गराउनु पर्थ्यो।’

उनले कडा स्वरमा भने, ‘मलाई भ्रममा पार्न मन लाग्दैन।’ उनले रिसाउँदै भिडियो तत्काल बन्द गर्न आदेश दिए। रिपोर्टका अनुसार डेवाल्डले आफूसँग वकिल नभएको भन्दै आफ्नो तर्क आफैं पेस गरेको बताए । एआई अवतारले आफ्ना शब्दहरू स्पष्ट रूपमा र हतार नगरी प्रस्तुत गर्न सक्छ, जबकी उनी त्यो काम गर्न सक्दैनन ।अमेरिकी समाचार माध्यमका अनुसार डेवाल्डले सान फ्रान्सिस्कोको एक कम्पनीको उत्पादन प्रयोग गरेर यो डिजिटल अवतार बनाएका हुन्। उसको मनसाय आफ्नो उपस्थितिको साथ यसलाई परिवर्तन गर्ने थियो तर सुनुवाइ अघि उसले त्यसो गर्न भने तत्काल सकेनन् ।

सुनवाइबाट निस्के पछि उनले भने, ‘यसप्रति अदालत निकै आक्रोशित भयो । न्यायाधीशहरूले मलाई गाली गरे।’ त्यसपछि उनले अदालतमा लिखित माफी माग्नुसमेत परेको थियो । तर, यो घटनाले एआइको प्रगति भने नरोकिने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?