ट्रेंडिंग:

>> सडक निर्माणमा एमसीए-नेपालको ३ अर्ब ४३ करोडको ठेक्का सम्झौता >> प्रतिनिधिसभा पुनर्स्थापनाका लागि जसपा, जनमत र स्वतन्त्र सांसदले गरे हस्ताक्षर >> आँखा स्वास्थ्य पहिलो प्राथमिकता हुनुपर्ने  >> बंगलादेशमा शेख हसिनाविरोधी नेतालाई गोली हानियो >> कारोबार घटेसँगै सेयर बजार पनि घट्यो >> विद्याधर मल्लिकको प्रश्नः नो भोटमा पनि मतदान नगरे सुधार कसरी सम्भव हुन्छ ? >> देशभर मतदाता सूचीमा १० लाख १६ हजार नयाँ मतदाता थपिए >> उपकुलपतिलाई कालो मोसो दल्नेहरू मानवअधिकार र संविधान विरोधी हुन : नागरिक समाज दाङ >> सरकारले दलसँग माग्यो विदेशमा रहेका नेपालीको मताधिकारदेखि ‘नो भोट’ सम्म सुझाव >> गुल्मीमा आगलागी हुँदा एक व्यक्ति घाइते >> लमहीमा बिलबिजक बिनै ल्याइएका करिब साढे ३ लाख बराबरका सामान बरामद >> केशवराज हायुको हत्या हुँदा घटनास्थलमा रहेका अर्का युवक जंगलमा मृत भेटिए >> लुम्बिनी प्रदेशको राजधानी क्षेत्रमा सरकारी गाडी चलाउन रोक >> माइतीघर प्रदर्शनमा प्रहरी हस्तक्षेप, निकोलस भुसाललगायत नियन्त्रणमा >> साना किसान कृषि सहकारी संस्थामा सुनारी अध्यक्ष >> चालकहरूलाई सडकमा रोकेर ३ मिनेट अभियान सुरु  >> प्रदर्शनका क्रममा माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ >> सुन र चाँदी दुवैको मूल्य हालसम्मकै उच्च >> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै

लायन्स क्लब सयपत्रीद्वारा नन्दनी गौशालामा आहार सहयोग

२५ चैत्र २०८१, सोमबार
२५ चैत्र २०८१, सोमबार

बुटवल ।

लायन्स क्लब बुटवल सयपत्रीले बुटवलमा अवस्थित नन्दनी गौशालामा दुई टाली पराल, भेली र केरा हस्तान्तरण गर्दै सहयोग गरेको छ। सडकमा छोडिएका पशुहरूको संरक्षणका लागि बुटवल उपमहानगरपालिकाले सञ्चालनमा ल्याएको गौशालामा रहेका गाईहरूलाई पोषणयुक्त आहारको आवश्यकता रहेकाले संघसंस्था र क्लबहरूले पहल गर्नुपर्ने देखिएको क्लबकी अध्यक्ष कमला बस्नेत कुँवरले बताइन्। यही आवश्यकतालाई मध्यनजर गर्दै क्लबले उक्त सहयोग कार्यक्रम सञ्चालन गरेको हो।

कार्यक्रम क्लबकी अध्यक्ष बस्नेत कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो। कार्यक्रममा डिष्ट्रिक्ट ३२५ पी का गर्भनर लायन पुष्पोत्तम भक्त प्रधानांग प्रमुख अतिथि थिए भने निवर्तमान गर्भनर लायन अर्जुनमान सैंजु विशिष्ट अतिथि थिए। साथै, एरिया चिफ दिपकप्रसाद श्रेष्ठ र जोन चिफ महेशप्रसाद श्रेष्ठको आतिथ्यता रहेको थियो। क्लबका संस्थापक अध्यक्ष र पूर्वअध्यक्ष राधा श्रेष्ठ पनि कार्यक्रममा सहभागी भएकी थिइन्।

मुख्य अतिथि प्रधानांगले गाई हाम्रो संस्कृति, कृषि र मानव जीवनको अभिन्न अङ्ग भएको उल्लेख गर्दै गाईको संरक्षण गर्नु क्लबहरूको सामाजिक दायित्व भएको बताए। उनले लायन्स क्लब सयपत्रीले यसअघि पनि कपिलवस्तुलगायत विभिन्न स्थानमा रहेका गौशालामा यस्तै प्रकारका सहयोग कार्यक्रम सञ्चालन गरेको जानकारी दिँदै आगामी दिनहरूमा पनि निरन्तर सहयोग गर्न आग्रह गरे। कार्यक्रमकी डाइरेक्टर आरती श्रेष्ठ र शान्ति अर्यालले मन्तव्य राखेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?