काठमाडौं ।
आज इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा मुम्बई इन्डियन्स र रोयल च्यालेन्जर्स बेङ्गलुरु (आरसीबी) बीच प्रतिस्पर्धा हुँदैछ। नेपाली समयअनुसार बेलुका पौने ८ बजे वान्खडे क्रिकेट स्टेडियममा खेल हुनेछ।
बेङ्गलुरु ३ खेलमा ४ अंकसहित तालिकाको तेस्रो स्थानमा छ, जबकि गुजरात ४ खेल खेलेर २ अंकसहित आठौं स्थानमा रहेको छ। हिजो भएको खेलमा, गुजरात टाइटन्सले सनराइजर्स हैदराबादलाई सात विकेटले हराएको थियो।



