ट्रेंडिंग:

>> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी

पाणिनि तपोभूमि सम्मेलन विश्वमा पाणिनिको पहिचान स्थापित हुने

२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

अर्घाखाँची, २४ चैत ।
अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका स्थित पाणिनी तपोभूमिमा पाणिनी सम्मेलन हुदैँछ । आगामी चैत २७ र २८ गते हुने पाणिनि सम्मेलन ऐतिहासिक र सांस्कृतिक महत्व बोकेको पाणिनी तपोभूमिलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको हो । यो ठाउँ पहाडको चुचुरोमा समथर भूभाग छ । पाणिनि शिवसिद्ध आश्रममा रहेका विभिन्न देवीदेवता गणेश मन्दिर, हनुमान मन्दिर, कृष्ण मन्दिर, शिव मन्दिर, अन्य मन्दिर, धर्मशाला, पुराण मण्डप, फलफूलका रुखहरू अनि सँगै रहेको समथर भूभागको ऐतिहासिक दह ।

दहको बीचमा भगवान शिवजीको मूर्ति साँच्चिकै शब्दमा वर्णन गर्न पनि नसकिने यस क्षेत्रमा पुग्ने मानिसलाई मात्र थाहा हुन्छ यसको प्राकृतिक सुन्दरता । एउटै भूभाग जुन ठाउँबाट बगेको पानी उत्तरतर्फ गएमा कालीगण्डकी नदी र दक्षिण क्षेत्रमा बगेमा वाणगंगा नदीमा पुग्छ । तपोभूमि स्वर्गद्वारी, रेसुंगा र रुरु क्षेत्रको नजिकै पर्ने यो भूभाग धार्मिक दृष्टिकोण तथा प्राकृतिक रूपमा पनि महत्वपूर्ण छ। साउनभर साउने मेला लाग्छ ।

नित्यपूजा हुनुका साथै साउनमा रुद्राभिषेक, शतचण्डी तथा वेद पाठ पारायणलगायतका कार्य वैदिक विधिपूर्वक हुँदै आएको छ । साउनमा तपोभूमिस्थित यस दहमा स्नानका लागि आउने श्रद्धालु भक्तजनको भीड हुन्छ । ध्यान तपस्या गर्न मरुभूमि पनि उपयुक्त नहुने, हिमालले ढाकेको ठाउँ पनि उपयुक्त नहुने भएपछि कोलाहलबाट समेत टाढा रहेको समशीतोष्ण यस ठाउँ उपयुक्त हुन्छ भन्ने ऋषिमुनिको निष्कर्ष छ । सोही ठाउँको खोजी गर्दै आउँदा दुर्वाशा ऋषिले तपस्या गरेको दुर्वाशा गुफा र रुरु क्षेत्रको बीचमा पर्ने घनघोर जंगलको बीचमा रहेको यसै भूमिमा पाणिनिले तपस्या गरेका थिए । पहिले रुखका पात, पछि पानी मात्र पिएर र अन्त्यमा हावा मात्र खाएर तपस्या गरेपछि भगवान शिवजी प्रसन्न भएको स्वर्गीय स्वामी कृष्णानन्द परमहंसले प्रकाशन गरेका विभिन्न पुस्तकमा समावेश पाइन्छ ।

यसै क्षेत्रमा आएर पाणिनी ऋषिले तपस्या गरेपछि शिव प्रसन्न भएर डमरु बजाउँदै १४ सूत्रको स्वर निकालेको र ती सूत्रबाट संस्कृत व्याकरणको रचना गरिएको भन्ने धार्मिक मान्यता छ । अइउण्, ऋलृक्, एओङ्, ऐऔच्, हयबरट्, लण्, यमङणनम्र, झभय्, घढधस्, जवगडदश्, खफछटथचटतप्, कपय्, शषसर् र हल हुन् । १४ सूत्रको अन्तिमका अक्षरको महत्व हुँदैन । अघिल्ला अक्षरबाट संस्कृत र नेपाली भाषाको स्वर वर्ण र व्यञ्जन वर्ण बनेका छन् । यिनै सूत्रको आधारमा संहिता, गुण, वद्धि, एकवचन, बहुवचन, प्रत्यय आदि बनेका छन । संस्कृत भाषामा रहेका हिन्दु धर्मका चार वेद तथा अन्य ५० भन्दा बढी पुस्तक अंग्रेजी भाषामा अनुवाद गरेका मेकसमुलरले भनेका छन, ‘हिन्दुहरूको व्याकरण र अन्वयको योग्यता विश्वमा भएका जातिहरूको व्याकरणभन्दा अत्यन्तै श्रेष्ठ छ ।’

पाणिनि गाउँपालिकाको नाम पनि पाणिनि ऋषिले तपस्या गरेको तपोभूमिको नामबाट रहन गएको हो। अर्घाखाँची जिल्ला र आसपासका क्षेत्रमा पाणिनि ऋषिको नामबाट विभिन्न विद्यालय, क्याम्पस, व्यवसाय आदिका नाम पनि रहन गएका छन । सन्धिखर्कमा रहेको पाणिनि बहुमुखी क्याम्पस, पाणिनि वेद विद्याश्रम आदि उदाहरण हुन् । पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्यसिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरेको पाईन्छ । पाणिनिका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यानी र पतञ्जलीसमेत लागिपरेका थिए भन्ने भनाइ भारत र नेपालका धार्मिक विद्वानले गर्ने गरेका छन् ।
२०७६ सालमा नेपाल सरकारले देशका सय गन्तव्यभित्र परेको स्थान पनि हो । पाणिनी गाउँपालिका, रैनादेवी छहरा गाउँपालिका, लुम्बिनी प्रदेश सरकार, पर्यटन विकास परिषदको कार्यालय लुम्बिनी प्रदेश, नेपाल पर्यटन बोर्डको संयुक्त पहलमा हुने सम्मेलनले विश्वको प्राचीन भाषा संस्कृतको व्याकरणको उत्पत्ति भएको र रचना भएको भनिएको पाणिनि तपोभूमिको प्रचारप्रसार सँगै संसारभर पाणिनीलाई चिनाउन टेवा पुग्नेछ ।

हजारौँ वर्ष पहिले पाकिस्तानको लाहोरबाट तपस्या गर्दै अर्घाखाँचीको खिदिममा आएका पाणिनि ऋषिले पणेनाको लेकमा तपस्या गरेर संस्कृत व्याकरणको रचना गरेका थिए । पाणिनी तपोभूमि क्षेत्र विश्व भाषा सम्पदाको प्रमुखस्थल हो । यस क्षेत्रको प्रचारप्रसार गर्न सके विश्वकै एउटा धार्मिक पर्यटकीयस्थलका रूपमा विकास गर्न सकिन्छ । विश्वकै प्राचीन भाषा उत्पति भएको क्षेत्र भए पनि यो क्षेत्रको प्रचारप्रसार नहुँदा ओझेलमा परेको र प्रचारप्रसार सँगै विश्वभर चिनाउन पाणिनी सम्मेलनको आयोजना गरिएको पाणिनी तपोभूमि संरक्षण सम्वद्र्धन समितिका अध्यक्ष पुष्करराज पोख्रेलले बताए ।

अर्घाखाँचीको पूर्वमा रहेको पणेना र पोखराथोकको टापुमा यो तपोभूमि पर्छ । सो तपोभूमिबाट उत्तर फर्कंदा हिमशृङ्खला र दक्षिण फर्कंदा तराईका फाँट अनि भारतीय भूमि देख्न पाइन्छ । अर्घाखाँचीको पोखराथोक र पाल्पा जिल्लाको तीनगिरेबाट केही मिनेट उकालो हिँडेपछि यस क्षेत्रमा पुग्न सकिन्छ । यस क्षेत्रको प्रचारप्रसार गर्न सके धार्मिक, ऐतिहासिक र पर्यटकीय क्षेत्रबाट नेपालीलाई फाइदा हुने पाणिनी गाउँपालिकाका अध्यक्ष टेकराज न्यौपाने बताउँछन् । यो क्षेत्र पाणिनी ऋषिले तपस्या गरेको र व्याकरण उत्पत्ति भएको भन्ने धेरै प्रमाण भेटिएको स्थानीय बासिन्दा तथा वडा अध्यक्ष कमल पोख्रेलले बताए । यो क्षेत्रमा एउटा पोखरी, मठ मन्दिरहरू निर्माण सँगै संरक्षण भईरहेका छन् । तिनगीरेबाट जाने बाटो पिचँ सँगै सभाहल बन्दै गरेको अवस्थामा अलपत्र छ ।पाणिनि ऋषिले पणेनामा तपस्या गरेर निस्किएको १४ सूत्रलाई महेश्वर सूत्राणी भनिएको र तिनैका आधारमा लघु सिद्धान्त, मध्य सिद्धान्त र सिद्धान्त कौमुदीको निर्माण गरिएको भन्ने संस्कृतका विज्ञ बताउँछन । पाणिनीका १४ सूत्रलाई प्रचारप्रसार र संस्कृतको व्याकरण रचना गर्ने क्रियाकलापमा पाणिनिपछि कात्यायनी र पतञ्जलिसमेत लागिपरेका हुन ।

सम्मेलनको उद्घाटन गर्न प्रधानमन्त्री आउने
पाणिनि सम्मेलनको लागी उद्घाटन गर्न प्रधानमन्त्री केपी शर्मा ओलि आउँने भएका छन् । प्रधानमन्त्रीसँगै पर्यटनमन्त्री बद्री पाण्डे, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य सहितका मन्त्रीहरू त्था मन्त्रालयका सचिवहरू पाणिनी आउने भएका हुन । सम्मेलनको तयारी तिव्र पारिएको जानकारी गराउँदै स्थानीय तथा राष्ट्रिय स्तरका व्यक्तित्वहरू, विद्वान, सन्तमन्त, अनुसन्धानर्ता तथा पर्यटकहरूको उल्लेख्य सहभागिता रहने वडा नं. ६ का वडा अध्यक्ष कृष्णपौडेलले बताए । सम्मेलनमा धार्मिक, सांस्कृतिक, पर्यावरणीय तथा पर्यटन प्रवद्र्धनसम्बन्धी विभिन्न छलफल, प्रस्तुति तथा कार्यपत्रहरू प्रस्तुत गरिनेछ ।

पाणिनि तपोभूमिलाई धार्मिक तथा पर्यटन गन्तव्यका रूपमा स्थापित गर्न सम्मेलनले महत्वपूर्ण योगदान दिने विश्वास लिइएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत रोमनाथ न्यौपानेले भने ‘तपोभुमिमा भण्डारा सञ्चालन देखी अतिथीहरूलाई दहमै बस्ने व्यवस्था मिलाईदैछ, यो सम्मेलनले पाणिनिको मात्र होईन अर्घाखाँचीको नै धार्मिक पर्यटकीय विकासमा टेवा पुग्नेछ ।’ पाणिनि ऋषिको योगदान केवल नेपाल वा भारतमा सीमित छैन, उनी विश्वब्यापी रूपमा भाषाशास्त्रका अग्रदूत हुन् । लुम्बिनीमा आएका धार्मिक पर्यटकलाई पाणिनी तपोभुमी हुदैँ सुपादेउरालीमा पु¥याउँन सकेमा पनि अर्घाखाँचीको विकास हुन सक्छ । संस्कृत अध्ययन गर्नेमात्र हैन, विश्वका विविध भाषाको अध्ययन गर्नेहरूले पनि पाणिनि ऋषिबारे अध्ययन गर्छन्, तर पनि यो ओझेलमा परेको तपोभूमिको प्रचारप्रसार पनि सम्मेलनले गर्ने अपेक्षा छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?