Butwal Today

जोरपाटीका आवासीय डाक्टरहरुकोे प्रदर्शन

२४ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं ।

सरकारले तोकेअनुसार न्यूनतम पारिश्रमिक नदिएर श्रम शोषण भएको भन्दै नेपाल मेडिकल कलेज जोरपाटीका आवासीय डाक्टरहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

आवासीय डाक्टरलाई सेवा सुविधा दिने निर्णय मन्त्रीपरिषद्बाटै भएपनि कार्यान्वयन नभएको भन्दै उनीहरुले आइतबार माइतिघरमा धर्नाका साथै विरोध प्रदर्शन गरेका हुन् ।

आवासीय डाक्टरहरुले स्वास्थ्य शिक्षामाथिको राजनीति बन्द गर, चिकित्सा शिक्षा आयोगको पूर्ण बैठकको निर्णय लागू गर, आवासिय चिकित्सकमाथिको श्रम शोषण बन्द गर, आयोगको निर्णय नमान्ने मेडिकल कलेजको समन्धन खारेज गर लगाएका प्लेकार्ड प्रदर्शन गरेका थिए ।

नेपाल मेडिकल कलेजका आवासीय डाक्टर राजु चौधरीले सरकारबाट पास भइसकेका बिषयलाई ४८ हजार तलव दिनुपर्नेमा केवल १९ हजार ८ सय मात्रै ४८ हजार दिएकाले आफुहरुको श्रम शोषण भएको बताए ।

उनले सरकारको निर्णय लागू हुनुपर्ने र आफुहरुमाथिको श्रम शोषण अन्त्य हुनुपर्ने भन्दै प्रदर्शन गरिएको जानकारी दिए ।