Butwal Today

सुनको भाउ आज १ हजार ९ सय रुपैयाँले घट्यो

२४ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ।

आज सुनको भाउ एकैदिनमा तोलामा १,९०० रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, आज सुनको भाउ तोलाको १,७४,५०० रुपैयाँमा कारोबार भइरहेको छ।

गएको बिहीबार, सुनको भाउ अहिलेसम्मकै उच्च १,८०,३०० रुपैयाँमा पुगेको थियो, तर शुक्रबार मात्र तीन हजार नौ सय रुपैया घटेर १,७६,४०० रुपैयाँमा झर्यो।

यसैगरी, चाँदीको भाउ पनि घटेको छ। आज चाँदीको भाउ तोलामा ७० रुपैयाँ घटेर १,८०० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ। गत शुक्रबार चाँदीको भाउ तोलाको १,८७० रुपैयाँ थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?