ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

गुल्मी उद्योग वाणिज्य संघमा नयाँ नेतृत्व

२४ चैत्र २०८१, आइतबार
२४ चैत्र २०८१, आइतबार

गुल्मी, २४ चैत ।
गुल्मी उद्योग वाणिज्य संघको अध्यक्षमा मृगेन्द्रप्रसाद श्रेष्ठको अध्यक्षतामा नयाँ नेतृत्व चयन भएको छ । शुक्रबार सदरमुकाम तम्घासमा सम्पन्न निर्वाचनमा श्रेष्ठले ३ सय २१ मत प्राप्त गरी संघको अध्यक्षमा निर्वाचित बनेका थिए । श्रेष्ठसँगै अध्यक्ष पदका प्रतिस्पर्धि रामप्रसाद पन्थीले २ सय १ मत प्राप्त गरेका थिए । अध्यक्ष पदमा मात्र भएको निर्वाचनमा काँग्रेस निकट व्यवसायी मृगेन्द्रप्रसाद श्रेष्ठ र रामप्रसाद पन्थी बीच चुनावी प्रतिस्पर्धा भएको थियो । कुल ५ सय ८५ मतदाता रहेको गुल्मी उद्योग वाणिज्य संघमा शुक्रबार भएको निर्वाचनमा ५ सय ३५ मत खसेको थियो । अध्यक्षका लागि मात्र मतदान भए पनि अन्य सम्पूर्ण पदहरू भने निर्विरोध भएको थियो । नव गठित गुल्मी उद्योग वाणिज्य संघको उपाध्यक्षमा ताराप्रसाद भुसाल, इश्वरीप्रसाद बेल्वासे र गोपालप्रसाद भुसाल रहेका छन । संघको महासचिवमा चेतनारायण पाण्डे, सचिवमा बिष्णुप्रसाद अधिकारी, कोषाध्यक्षमा इश्वरी कँडेल र सहकोषाध्यक्षमा कृष्ण खनाल रहेका छन ।

त्यसैगरी अन्य सदस्यहरूमा महेशकुमार राजभण्डारी, बादल श्रेष्ठ, तोमलाल पन्थी, ज्ञानबहादुर भलामी, किशोरप्रसाद मरासिनी, रामु सुनार, चन्द्रमणी भण्डारी, चन्द्रमणी पाण्डे, कमला श्रेष्ठ र शशी केसी रहेका छन । गुल्मी उद्योग वाणिज्य संघको चैत ८ गते रेसुङ्गामा ३३ औं साधारणसभा सम्पन्न भएको थियो । साधारण सभापछि नौं गते अधिवेशन हुने तयारी भएपनि सहमती जुटाउनका लागि भन्दै अधिवेशन सारिएको थियो । तर सहमती जुट्न नसकेपछि श्रेष्ठ र पन्थी बीच चुनावी प्रतिस्पर्धा भएको हो । नेकपा एमाले निकट व्यावसायीहरूले २०७६ मा गुल्मी उद्योग वाणिज्य संघबाट अलग बनेर चेम्बर अफ कमर्शको शाखा स्थापना गरेपछि संघमा अहिले अधिकांश काँग्रेस निकट व्यावसायीहरू रहेका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?