Butwal Today

वनबाटिकाको अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डेय विजयी

२३ चैत्र २०८१, शनिबार
अ+
अ-

तिलोत्तमा २३ चैत ।

शंकरनगर वनबिहार तथा अनुसन्धान केन्द्र (वनबाटिका) को अध्यक्षमा काँग्रेस–एमाले गठबन्धनलाई हराउँदै खिमलाल पाण्डे विजयी भएका छन् ।

शुक्रबार सम्पन्न चौथो अधिवेशनबाट गठबन्धनका उम्मेदवार किरण खरेललाई हराउँदै पाण्डेय विजयी भएका हुन् ।

कुल ७७५ मतदाता मध्ये ६६१ मत खसेकोमा पाण्डेयले ३६९ मत प्राप्त गर्दै विजयी बने भने खरेलले २३४ मत ल्याए । यसैगरी अध्यक्षकै अर्का प्रत्यासी टिकादेवी आलेले ३९ मत प्राप्त गरे ।

त्यस्तै उपाध्यक्षमा भने गठबन्धनकै उम्मेदवार मीनप्रसाद देवकोटा ३७८ मत ल्याएर विजयी भए भने प्रतिद्वन्दी लेखबहादुर खड्काले १३२ र चन्दा थापाले १०९ मत ल्याइन् ।

सचिवमा विदुर केसी ३७९ मत सहित विजयी हुँदा गठबन्धनकी उम्मेदवा हरिकला अधिकारी (कमला) ले १८८ र हिरामति थापाले ५७ मत प्राप्त गरिन् । कोषाध्यक्षमा गठबन्धनबाटै मनिराम भट्टराई ३८५ मत ल्याएर विजयी हुँदा सौरभ भुषालले १७५ र उदयसिह थापाले ६३ मत ल्याए ।

२ जना लेखासमिति सदस्यका लागि ६ जना उम्मेदवार रहेकोमा सन्दिप भट्टराईले ३१३ र
विष्णु प्रसाद सुवेदी २११ मत ल्याएर विजयी भए ।

त्यस्तै सदस्यहरुमा विन्दु टकाल ३१२, शकर भण्डारी २९७, पार्वती क्षेत्री २८३, सरस्वति बराल २३९, राममाया अर्याल पौडेल २२३, ज्योतिमाया थापा २१३ र लक्ष्मण मल्ल ११२ मत ल्याएर विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?