ट्रेंडिंग:

>> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश

बढ्दो महिला फुटबलको क्रेज

आयोजक टिमबाट राष्ट्रिय टिमका अन्जना थापामगर सहित पाँच जना खेलाडीहरू मैदानमा उत्रदै 
२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

बुटवल, २३ चैत ।
नेपालमा महिला फुटबलको क्रेज बढ्दो छ । नेपाली फुटबल खेलाडीहरू सेलिब्रेटीका रूपमा सामाजिक संजालमा चर्चा पाएका छन । नेपाली राष्ट्रिय टिमको गोलरक्षक अन्जिला तुम्बापो सुब्बाको बायोग्राफी सिनेमाघरमा पछिल्लो समय चर्चा बटुलेको छ । उत्कृष्ट खेल शैलीबाट नेम, फेम र आयआर्जन गर्न सकिन्छ भन्ने गतिलो उदाहरण नेपाली महिला फुटबलरहरूले दिएका छन ।

नेपाली फुटबलका स्ट्राईकर साबित्रा भण्डारी (साम्बा), रेखा पौडेल, एन्जिला तुम्बापो सुब्बालगायत धेरै नेपाली टिमका खेलाडीहरू विदेशी फुटबल टिममा अनुबन्ध भएर आफनो खेल प्रदर्शन गरेका छन । खेलबाट समेत जीविकोपार्जनको अवसरलाई नेपाली महिला फुटबल खेलाडीहरूले अन्तर्राष्ट्रिय स्तरमा आफनो प्रदर्शनलाई कायम राखेका छन ।
महिला फुटबलको यही क्रेजलाई मध्येनजर गर्दै पछिल्लोसमय महिला फुटबल प्रतियोगितामा सरकार र सरोकारवाला निकायहरूले जोड दिन थालेका छन । शनिबारदेखि बुटवलमा पनि महिला फुटबल प्रतियोगिता हुने भएको हो । बिस पचहत्तर युवा परिवार, बुटवलको आयोजनामा शनिबारदेखि प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता–२०८१ हुने भएको हो ।

खेल संचालन हुने सिद्देश्वरी लालकुमारी माबिको खेलमैदानमा सजाईएको छ । मैदानको पश्चिम र उत्तरतर्फ अस्थायी प्याराफिट बनाइएको छ । जहाँ १ हजार जना अट्ने आयोजक क्लबका अध्यक्ष अध्यक्ष सुरेन्द्र थापाले बताए । यसअघि संचालन भएको प्रतियोगितासँगै मैदानलाई चारैतिर बार लगाएर मर्मत गरेको उनले बताए । ‘मैदानमा अहिले राम्रो दुबो उम्रेको छ,’– उनले भने । महिला फुटबल खेलाडीहरूलाई प्लेटफर्म दिदै बुटवलका दर्शकलाई समेत नयाँ खेलको मजा दिने गरि प्रतियोगिता गर्न लागेको उनले बताए । श्रोत नहुदा ब्यवस्थापनमा केही कठिनाई देखिएको भएपनि स्थानिय सरकार, केही प्रायोजक र टिकटबाट समेत गरि खर्च ब्यवस्थापन गर्न लागेको उनले बताए ।

प्रतियोगितामा आयोजक टिममा अन्जना रानामगर, उषा नाथ, रेनुका नगरकोटी, पुजा थापा, निसा ठोकर लगायत राष्ट्रिय खेलाडीहरू खेल्ने तयारी भएको छ । बुटवलमा पहिलोपटक यो स्तरको महिला फुटबल हुन लागेको क्लबका सचिव दिपक गुरुङले दाबी गरे । प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रूपैयाँ, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रूपैयाँ, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने छ । यसैगरि विधागत रूपमा सर्वोत्कृष्ट खेलाडीलाई २५ हजार रूपैयाँसहित कप तथा ४ जना उत्कृष्ट खेलाडीहरूलाई नगद १० हजारसहित कपबाट पुरस्कृत गरिने छ । प्रतियोगिता सम्पन्न गर्द करिब २० लाख खर्च हुने अनुमान गरिएको छ ।

चैत ३० गतेसम्म चल्ने प्रतियोगिता आयोजक बिसपचहत्तर युवा परिवार, सुनवल नगरपालिका, बिरगंज युथ एकेडेमी, बसन्त युनाईटेड क्लब चितवन, हेटौडा फुटबल एकेडेमी, राईजिङ स्टार युवा क्लब कपिलबस्तु, वालिङ, एमएससी भारतको टिम सहभागी हुँदै छन् । प्रतियोगिताको उद्घाटन खेल दिउँसो ३ बजे आयोजक बिस पचहत्तर युवा परिवार र सुनवल नगरपालिकाका वीच हुनेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?