ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

डुबान रोक्न गुहार्दै उद्योगीहरू..

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

नवलपरासी, २३ चैत ।
जिल्ला स्थित औद्योगिक क्षेत्रका समस्यालाई सम्बन्धित उद्योगी व्यवसायीसहितको टोलीले जिल्ला समन्वय समितिलाई गुहारेका छन् । उद्योग बाणिज्य संघका अध्यक्ष ओम प्रकाश अग्रहरी सहितका प्रतिनिधिहरूले समस्या समाधानका लागि आवश्यक पहल गर्न जिल्ला समन्वय समिति(जिसस) को ध्यानाकर्षण गराएका हुन ।

गत बर्षदेखि नै नगरपालिकाले निर्माण गर्ने गरेको पर्यटन तथा औद्योगिक मार्गका कारण उद्योग नै डुबानमा पर्ने खतरा देखिन थालेको जनाउँदै उद्योगी व्यवसायी सम्बन्धित निकायसँग पहल गरिदिनका लागि जिसस भवन पुगेका थिए । औद्योगिक तथा पर्यटन मार्ग उद्योगलाई आवश्यक पूर्वाधार भए पनि सो सडक निर्माण गर्दा उद्योग नै डुबानको खतरामा पने गरि निर्माण भई रहेको हुँदा जलनिकासका लागि आवश्यक प्रक्रिया मिलाउन उद्योगीहरूले आग्रह गरेका थिए । औद्योगिक क्षेत्रको समस्याहरूबारे अध्ययन र जानकारी लिइने सुरक्षित औद्योगिक वातावरण बनाउन अभियान चलाउँदै आएका संघका उद्योग उपाध्यक्ष गिरीराज पाण्डे र बाणिज्य उपाध्यक्ष राजेश कुमार गुप्ताले जिसस प्रमुख भगौती प्रसाद यादवलाई पहिला नै जानकारी गराएका थिए ।

अहिले जोखिममा पर्ने उद्योग तथा संघका अध्यक्ष सहितको टोलीले बर्षायाम शुरु हुनु पूर्व नै जलनिकासका आवश्यक प्रकृयाका लागि अनुरोध गर्न पुगेको जिसस प्रमुख यादवले बताए । त्यसका लागि आफूले नगरपालिका र सो सडक अयोजनाका परामर्शदाता प्राविधिकहरूसँग समन्वय गर्ने प्रतिवद्धता जनाउँदै उनले भने, यसका लागि आउदो मंगलवार स्थलगत रूपमै हेर्ने गरि सरोकारवालाको बैठक तोकिएको जनाएका थिए । औद्योगिक क्षेत्रको विभिन्न समस्या मध्ये अहिले प्रमुख तिन वटा समस्या पहिलो प्राथमिकतामा राखेर समाधानका लागि पहल गर्न उपाध्यक्षद्वय पाण्डे र गुप्ताले गराएका थिए ।

प्रमुख तिन समस्यामा विद्युतको अनियमित कटौती, पर्यटन मार्ग अग्लो हुँदा औद्योगिक क्षेत्र डुबानमा पर्ने हुँदा जलनिकासको उचित ब्यवस्थापन र औद्योगिक क्षेत्रमा काम गर्ने स्थानिय महिला तथा मजदुरहरूको सुरक्षार्थ सुरक्षार्थ प्रहरी विटको स्थापना रहेको उपाध्यक्षद्वयले समन्वय प्रमुखलाई जानकारी गराएका थिए । नवलपरासीमा विद्युतको बहुविकल्प बन्दै जाँदा औद्योगिक क्षेत्रमा लगानी भित्रिने गरेको देखिएको छ । तर यदि औद्योगिक क्षेत्रमा डुबान जस्ता खतरा बढ्दै गएको सन्देश जान थालियो भन्ने आउने उद्योगहरूले पनि बैकल्पिक क्षेत्र रोज्नु पर्ने अवस्था आउन सक्ने उनिहरूको भनाइ थियो ।

जिल्लामा एक खर्ब बढिको औद्योगिक क्षेत्रको लगानी छ । यसले अर्बौ रुपियाँ राजश्व बुझाउदै आएको छ । हजारौं युवा युवतीलाई रोजगारी प्रदान गरेको छ । यसले जिल्लाको पहिचान पनि बनाएको छ । जिल्लास्तरबाट पहल गरेर औद्योगिक क्षेत्रको ब्यवस्थापन गर्न सकियो भन्ने आर्थिक चलायमानमा पनि योगदान रहने गरेको छ । जिल्ला अहिले औद्योगिक हब पनि बन्दै गएको छ । औद्योगिक क्षेत्रलाई चाहिने आवश्यक कच्चा पदार्थको आपुर्ति महेशपुर भन्सार भएर गराउन सकियो भन्ने महेशपुर भन्सारलाई पनि लक्ष्य अनुसारको राजश्व संकलनमा योगदान पुग्ने र उद्योगी व्यवसायीलाई पनि भैरहवा भन्सारमा लामा लागेर भन्सार छुटाउने समस्याबाट पनि राहत मिल्ने उनले बताएका थिए । भन्सारमा समेत पुगेर औद्योगिक समस्या समाधानका लागि सुझाव लिईने र सरोकारवाला कार्यालयहरूसँग जिससले समन्वय गरिदिनका लागि पनि आग्रह गरेका थिए ।

पर्यटन मार्गको निर्माण गर्दा सडकको दुबै किनारमा बन्ने नाली जमिन सतह भन्दा माथि बनाईदा सडकले औद्योगिक क्षेत्रलाई मात्रै नभई स्थानीय बस्ति र बालीनाली हुने खेतलाई समेत डुबान हुने बताएका थिए । जमिन सतह भन्दा अग्लो नालीले रोस्लान भोड्का उद्योगका कर्मचारीले उद्योग परिसरका पानी अहिले नै पम्पिगँसेटले उक्त नालीमा फाल्न परेको देखाएका थिए । बर्षायामका पानीले त उद्योगलाई नै डुबाउने छ । यस्ले सडक अग्लो बनाउँदा सबै औद्योगिक क्षेत्र डुबानको चपेटामा पर्ने छ । डुबान सडकले हुँदै आएको छ । तर किसानको बाली डुब्दा उद्योगले क्षतिपूर्ति ब्यहोर्न परेको छ । सरकारसँग सुरक्षा माग्दा उल्टै उद्योगहरू डुबानमा पर्ने गरि संरचना निर्माण हुँदैछ ।

एक्ला एक्लै उद्योगीले समस्या उठाउदा सुनुवाई नहुने र विभिन्न क्षेत्रबाट उद्योगप्रति नकारात्मक धारणा राखिने हुँदा पनि औद्योगिक क्षेत्रको बास्तविक समस्या समाधान गर्न चुनौती रहेको छ । उद्योगको यो मात्र समस्या छैन्, उद्योग उद्योगको विच सामन्यजस्यता नहुँदा पनि समस्याहरू छन् । औद्योगिक क्षेत्रको समस्याका लागि आफूले छिट्टै नै सरोकारवाला कार्यालयहरूसँग समन्वय गरि सार्वजनिक बहस चलाउने र निकास निकाल्ने जिसस प्रमुख यादवले आश्वासन दिएका थिए ।उद्योग सञ्चालकहरूले समेत स्थानियबासीको समाजिक क्षेत्रमा गर्दै आएका लगानी, रोजगारीका अवसर, स्थानीय सञ्चार माध्यमहरूलाई समेत समेटेर अगाडि बढ्न उनले आग्रह गरेका थिए । औद्योगिक सुरक्षाका लागि पनि स्थानीय प्रशासनसँग समन्वय गरेर अगाडि बढनुपर्ने उनले आंैल्याएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?