ट्रेंडिंग:

>> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा

प्रथम उपमेयर कप फुटबल शुरु, आयोजक बिसपचहत्तर अन्तिम चारमा

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

बुटवल, २३ चैत । रुपन्देहीमा शुरु भएको प्रिती प्रथम उपमेयर कप नकआउट फुटबल प्रतियोगिता २०८१ मा आयोजक बिस पचहत्तर युवा क्लबले विजयी शुरुवात गरेको छ । शनिबार भएको उद्घाटन खेलमा आयोजक टिमले नवलपरासी जिल्लालाई ५–० गोल अन्तरले पराजित गर्दै अन्तिम चारमा स्थान बनाएको हो ।
बिस पचहत्तर युवा परिवारको आयोजना, एशियन थाई फुट प्रालिको (प्रिती) मुख्य प्रायोजक, बुटवल उपहानगरपालिकाको संरक्षकत्वमा बिस पचहत्तर युवा क्लबको आयोजनामा सिद्घेश्वर खेल मैदानमा शनिबार भएको उद्घाटन खेलमा आयोजकको टिमका ऐशर्या बमरेले २२ मिनेटमा गोल गर्दै टिमलाई अग्रता दिलाए । खेलको ३० मिनेटमा मिना देउवाले अन्तरलाई दोब्बर गरिन । पहिलो हाफ २ गोलले अग्रता लिएको आयोजक दोस्रो हाफमा थप आक्रमक खेल्यो । खेलको दोस्रो हाफमा थप ३ गोल थप्न सफल भयो । मिना देउवाले ब्यक्तिगत दोस्रो गोल गरिन । यसैगरि रुपा बुढाथोकी, प्याउली रायले थप गोल गरे । खेलमा आयोजक बिस पचहत्तर युवा क्लबका मिना देउवा प्लेयर अफ दी म्याचबाट पुरस्कृत भईन ।

एक समारोहका बिच बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्याल, अखिल नेपाल फुटबल क्लबका केन्द्रिय उपाध्यक्ष दिर्घ बहादुर केसी (कुमार), रुपन्देही जिल्लाका अध्यक्ष लोक पुन, नगर खेलकुद विकास समिति बुटवलका संयोजक बोनिन पियाले रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिकाका उपप्रमुख सावित्रादेवि अर्यालले खेलकुदको हबका रुपमा बुटवलको पहिचान बन्दै गएको दाबी गरिन । खेलमार्फत पर्यटनको सम्भावनालाई मध्येनजर गरि यहा खेलकुद गतिविधि र खेलाडी उत्पादनको अभियानलाई जोड दिएको बताईन । ‘पुस महिनाबाट दैनिकजसो खेल प्रतियोगिता भैरहेको छ ।’–उनले भनिन ।

कार्यक्रममा परिवारका सचिव दिपक गुरुङले सबैको सहयोगमा बुटवलमा महिला फुटबलको विकास र प्लेटफर्म दिने गरि पहिलोपटक प्रतियोगिता गरिएको बताए ।

यसैबिच नेपालका पुर्व अन्तराष्ट्रिय फुटबल खेलाडीहरु मोतिकला गुरुङ, लिला रानालाई कार्यक्रममा सम्मान गरिएको थियो ।

आयोजक बिस पचहत्तर युवा परिवारका अध्यक्ष सुरेन्द्र थापाले प्रतियोगिताको उपाधि विजेता टिमले नगद १ लाख रुपैया, कप, मेडल, प्रमाणपत्र तथा उपविजेता टिमलाई नगद ५० हजार रुपैया, कप, मेडल, प्रमाणपत्रबाट पुरस्कृत गरिने बताए । यसैगरि विधागत रुपमा समेत उत्कृष्ट खेलाडीहरुलाई पुरस्कृत गरिने उनले बताए । आईतबार बिधान ट्रिनेटि युवा क्लब, वालिङ र बिरगंज युथ क्लबका बिचमा खेल हुने संयोजक बुद्घि बहादुर दर्जीले बताए । चैत ३० गतेसम्म संचालन हुने प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको रहेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?