ट्रेंडिंग:

>> दर्शक नजाँदा खल्लो बन्दै तिलोत्तमा महोत्सव >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप >> श्रीलंकाविरुद्ध नेपाल पहिले ब्याटिङमा >> सुजन कडरियादेखि गणेश तिम्सिनासम्म एमाले महाधिवेशन प्रतिनिधिमा मनोनीत >> सुनिता डंगोल एमाले महाधिवेशन प्रतिनिधिमा मनोनयन >> परिपक्व नेताहरूले दूरदृष्टिपूर्ण निर्णय लेऊन् : पूर्वराष्ट्रपति भण्डारी >> एमाले महाधिवेशनमा मनोनीत हुने प्रतिनिधिलाई ६०/४० को रेसियोमा भागवण्डा गरिने >> दाङतिर दौडिँदा…….. >> बनगाइ–मोतीपुर–कपिलधाम सडक ६ महिनामै सम्पन्न गर्ने लक्ष्य >> बुटवल हस्पिटलले गुल्मेली कलाकारलाई २५ प्रतिशत छुटमा उपचार गर्ने >> क्याम्पसको महायज्ञमा ३ करोड भन्दा बढी रकम सङ्कलन >> स्टार फुटबलर मेसी भारत आइपुगे >> पश्चिम नेपाल यातायात बहुउद्देश्यीय सहकारीको साधारण सभा सम्पन्न >> यू–१९ एसिया कप : नेपाल पहिलो खेलमा आज श्रीलंकासँग खेल्दै >> पञ्चकोश सिद्धान्तको शास्त्रीय विश्लेषण >> नेपाली कम्युनिष्ट पार्टीले सुर्खेतमा एकता सन्देश सभा आयोजना गर्दै >> कञ्चन गाउँपालिकामा सार्वजनिक सुनुवाइ २०८२ सम्पन्न >> एमाले महाधिवेशन : बम डिटेक्टर उपकरण र विशेष तालिमप्राप्त कुकुरसहित प्रहरी परिचालन >> पिपरीचापामा प्रथम महोत्सवको तयारी अन्तिम चरणमा >> एमालेको ११ औं महाधिवेशन आज, उदघाटन स्थलमा बिहानै पुगे कार्यकर्ताहरु >> पन्ध्रौँ महाधिवेशनमा जुट्न नेता–कार्यकर्तालाई सहमहामन्त्री राठौरको निर्देशन >> उम्मेदवार छनौटले काँग्रेसमा किचलो >> उपाधिका लागि भिड्दै लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स >> श्रमको न्यूनतम ज्याला कहिले ? >> थारु महिलाको माछा महिमा >> बर्दघाटमा रहेको राष्ट्रिय आवास कम्पनीको सेवा अनिश्चितकालका लागी ठप्प  >> लुम्बिनी प्रदेशसभा: कानुनी व्यवस्था कागजमै, प्रश्नोत्तर शून्य >> तिनाउमा जिल्ला स्तरीय अन्तर विद्यालय गायन तारा २०८२ सम्पन्न >> काँग्रेस नेता लामाले भने : म चुनाव लड्दिनँ, तपाईंहरूले अघि बढ्नुहोस् >> मधेश सरकार विस्तारबारे गठबन्धन बैठक निष्कर्षविहीन >> पूर्वराजाको ‘भान्जा’ बनेर ठगी गर्ने अनुप कुमार सिंह पुनः पक्राउ >> ६० लाख लगानीमा ओमसतियामा सिद्धार्थ भोजनालय >> जेनजी–सरकार सम्झौताको असर, पक्राउ परेकाहरूलाई रिहा गर्न सर्कुलर >> च्यासलमा एमाले सचिवालय बैठक जारी >> एमालेले सल्लाघारीमा ३ लाख कार्यकर्ता उतार्ने >> नवनियुक्त ४ मन्त्रीहरुद्वारा शपथ ग्रहण >> नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डे प्रतिनिधि सभाको चुनाव नलड्ने

गाउँको खेत बारी

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

गाउँको खेतबारी बेची पछुताएको छु
शहर तिर एउटा घर बनाएको छु ।। १ ।।
गाउँ मा बारी राम्रै थ्यो खेत पनि त्यस्तै
लैना बकेर्ना भैंसी बाख्रा नि थे मस्तै
थिए रुख पात डाला डुली टन्नै
थियो खर खरियान विश रोपनी झण्डै

सब ती आज मैले हराएको छु
गाउँ को खेत बारी बेची बहुत पछँताए को छु ।। २।।
गाउँमा म मान्छेले भैंसी दुहुन्थ्यो
साँझ बिहानको दूध डेढ पाथी हुन्थ्यो
दूध घ्यू कति खाइन्थ्यो खाइन्थ्यो
त्यो खाएर ऊपर खुट्टी लाइन्थ्यो

ती दिन सम्झदा अति हरेस खाएको छु
गाउँ को खेत बारी बेची बहुत पछुताए को छु।। ३।।
गाउँ मा मकै तोरी छरिन्थ्यो शब्जी उब्जाइन्थ्यो
किन्न पर्दैनथ्यो घर कै ताजा ताजा खाइन्थ्यो
मुला पास्से फल फूल हुन्थ्यो सबै
कुनै चीज को कमी थिएन कबै

ऐले किन्न चिम्री पर्या आलु गोवि धाएको छु
गाउँ को खेत बारी बेची बहुत पछुता एको छु।। ४।।
खरीयान खेत बारी बरै कति राम्रो कति
थियो यी दुई आँखाले देख्नै न सक्ने जति
त्यत् रो बेची सिर्फ २०हात लम्बाई १०हात चौडाई
यत्ति मै खुम्च्या छु शहर मा घर बनाई

सही अर्थमा साँच्चै दुःख पाएको छु
गाउँ को खेत बारी बेची बहुत पछुताएको छु।। ५।।
यता उता डुल्न मोटर साइकिल ल्याएको छु
न नाफा न प्रगति त्यत्तिकै त्यो दौडाएको छु
त्यसको टंकी मा इराक को पेट्रोल खनाए को छु
भा न भाका पैसा भरी सब त्यसैमा भ्याएको छु

म झन् पछि झन् अति फट फटाएको छू
गाउँ को खेत बारी बेची बहुत पछुताए को छु।। ६।।
शहर मा घर बनाऊं दा करोड रूपैयाँ लगाइयो
जमा पूंजी र सम्पति बेच्या सब पैसा भ्याइयो
जेन – तेन दुई छाक टर्या छ
खान लाई धौ धौ पर्या छ

यो यस्तो देख्दा म जुर्मुराएको छु
गाउँ को खेत बारी बेची बहुत पछु ताएको छु।। ७।।

घर अगाडि बाटो पर्छ बस दौड्या देखिन्छ
घर पछाडि चाले कदम अरूको जगा टेकिन्छ
घर को दाँया पट्टी अर्कैको पर्छ
घर को बायाँ तिर कसैको झन् ठूलो घर छ

यो यस्तो स्थिति बाट तिलमिलाएको छु
गाउँ को खेत बारी बेची बहुत पछुताएको छु।। ८।।

कहीँ कतै भविष्य उज्वल देख्दिन
घर बेचौं भने बेच्न पनि सक्दिन
कहिले सोच्छु घर बेचे पछि मूल्य बढ्ने हो कि
एक करोड को त्यो फेरि डेढ करोड पर्ने हो कि

यस कारण वस् म साह्रै कनकनाएको छु
गाउँ को खेत बारी बेची बहुत पछुता एको छु। । ९।।
गाउँ को खेत बारी बेची बहुत पछुताएको छु …….
सनपा,३ अर्घाखाँची , हाल बुटवल १२ तामनगर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?