ट्रेंडिंग:

>> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची)

भक्तपुरमा अन्तर नगर जिम्नास्टिक प्रतियोगिता

२३ चैत्र २०८१, शनिबार
२३ चैत्र २०८१, शनिबार

भक्तपुर, २३ चैत ।  नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छें ९रोहित०ले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ चैत्र २३ गतेदेखि चैत्र २५ गते सम्म सञ्चालन हुने तीन दिने अन्तर नगर जिम्नास्टिक प्रतियोगिताको शनिबार एक समारोहबीच पानसमा दीप प्रज्ज्वलन गरी उद्घाटन गरेका छन् ।

सोही अवसरमा अध्यक्ष बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा प्रकाशित ‘खेलकुद स्मारिका—२०८१’को बिमोचन गरे । भक्तपुरको सहिद स्मृति खेलमैदानमा भएको उद्घाटन समारोहमा प्रमुख अतिथि बिजुक्छेंले प्रतियोगिता पूर्ण सफलताको कामना गर्दै जिम्नाष्टिक खेल शारीरिक अभ्यास र निकै जोखिमपूर्ण खेल भएकोले सुरक्षितका साथ खेल्न आग्रह गरे ।

नाचगान र शारीरिक अभ्यासले शरीरका अंग प्रत्यंगहरुलाई चलायमान बनाइ स्फूर्ति पनि प्रदान गर्ने बताउँदै उनले खेलकुद व्यक्तिगत रुपमा शरीरिक तन्दुरुस्ती, मानसिक स्वस्थका साथै राष्ट्रलाई विश्वमाझ चिनाउने माध्यम भएको प्रष्ट पारे ।खेलाडीहरुलाई आफ्नो कला र कौशल अनुशासित ढंगले प्रदर्शन गर्न जोड दिँदै उनले सरकारले खेलाडीहरुलाई हौसला र प्रोत्साहन दिनु जरुरी रहेको बताए ।

कार्यक्रमका सभापति एवम् भक्तपुर नपाका प्रमुख सुनिल प्रजापतिले प्रत्येक युवा र विद्यार्थीलाई कुनै न कुनै खेलमा सहभागी गराउन भक्तपुर नगरपालिकाले उत्साहित गर्दै आएको बताउँदै भक्तपुर नपाले विद्यालयहरूमा खेलकुद प्रशिक्षकहरूको व्यवस्था गरी खेलकुद प्रशिक्षणहरू सञ्चालन गर्नु त्यसको सिलसिला भएको बताए । प्रत्येक वर्ष अन्तर नगर खेलकुद प्रतियोगिता र अन्तरविद्यालय खेलकुद प्रतियोगिताको आयोजना गर्ने नेपाल मजदुर किसान पार्टीको निर्वाचन घोषणापत्रअनुसार भक्तपुर नगरपालिकाले काम गर्दै आएको बताउँदै उनले सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै बताए ।

भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले जिम्नाष्टिक खेल जगतको महत्वपूर्ण खेलको रुपमा रहँदै आएको बताउँदै  विद्यार्थीहरुको बौद्धिक विकाससँगसँगै शारीरिक र मानसिक विकासको लागि खेलकुद महत्वपूर्ण पक्ष रहेको बताइन् ।
भक्तपुरका प्रमुख जिल्ला अधिकारी गोपालप्रसाद अर्यालले अन्तर नगर खेलकुद प्रतियोगिता आयोजनाले विभिन्न नगरपालिकाबीच अन्तरसम्बन्ध विस्तार र अनुभव आदानप्रदानमा योगदान पुग्ने विश्वास व्यक्त गरे ।

नेपाल जिम्नास्टिक संघका महासचिव मुकुन्दराज शर्माले भक्तपुर नपाको आयोजनामा भएको अन्तरनगर जिम्नास्टिक प्रतियोगितामा सहभागी हुन पाउँदा गौरवान्वित महसुस भएको बताउँदै १८ वटा महानपा, उपमहानपा र नपाबीच हुने प्रतियोगिताले राष्ट्रिय प्रतियागिताको स्वरुप लिएको बताए ।

कार्यक्रममा भनपा वडा नं.१ का वडाध्यक्ष तथा युवा तथा खेलकुद समितिका संयोजक श्यामकृष्ण खत्रीले अन्तर नगर जिम्नास्टिक प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्न सबैको साथ र सहयोगको अपेक्षा गर्दै सबै नगरबासीहरूलाई स्वस्थ राख्न, राष्ट्रिय र अन्तर्राष्ट्रिय खेलाडीहरू तयार गर्ने मुख्य उद्देश्यले भक्तपुर नगरपालिकाले खेलकुद प्रतियोगिताहरुको आयोजना र प्रशिक्षणहरू सञ्चालन गर्दै आएको बताए । भक्तपुर जिल्ला जिम्नास्टिक संघका अध्यक्ष दिपककृष्ण प्रजापतिले प्रतियोगिता सफलताको शुभकामना व्यक्त गर्दै खेलाडीहरुलाई अनुशासन र मित्रतामा जोड दिन आग्रह गरे ।

कार्यक्रममा भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्राईले शुभकामना मन्तव्य, भनपा वडा नं. ४ का वडाध्यक्ष उपेन्द्र सुवालले धन्यवादज्ञापन मन्तव्य राखेका थिए युवा तथा खेलकुद समितिका सदस्य रामसुन्दर बासीले पनि बोलेका थिए ।

प्रतियोगिताको उद्घाटनअघि भक्तपुर नपा वडा नं. ९ दत्तात्रयबाट ¥यालीसहित नगरपरिक्रमा गरी सहिदस्मृति खेलमैदानमा पुगी सभामा परिणत भएको थियो । ¥यालीमा भक्तपुर नगरपालिकाका जनप्रतिनिधिहरू, पूर्व जनप्रतिनिधिहरू, कर्मचारीहरू, स्वयम्सेवक, खेलाडी तथा विभिन्न विद्यालयहरूका विद्यार्थीहरूको उल्लेख्य सहभागिता रहेको थियो । अन्तर नगर जिम्नास्टिक प्रतियोगिताअन्तर्गत पहिलो खेल दिउँसो २ बजेबाट सहिद स्मृति खेलमैदानमा सुरु हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?