© 2026
कालीकोट ।
महाबै गाउँपालिकाको ओदामा सञ्चालन गरिएको एकिकृत स्वास्थ्य शिविर सम्पन्न भएको छ । स्वास्थ्य सेवा कार्यालय कालीकोट र नेपाल नेत्र ज्योती संघ कालीकोटको आयोजना तथा ओदा फाउन्डेशन र प्रदिया फाउन्डेशनसँगको सहकार्यकामा बिहीबार सुरु भएको शिविरको आज सम्पन्न भएको हो ।
महाबै गाउँपालिका संगको समन्वयमा सुरु गरिएको शिविरमा स्थानीय नागरिकले विशेषज्ञ स्वास्थ्य सेवा पाएको गाउँपालिका अध्यक्ष खेम बहादुर सिहले बताउनु भयो । शिविरमा ६ सय ६९ जनाले बिभिन्न रोगहरुको चेकचाँच गरेका छन् ।
महाबैमा पुगेर हाडजोर्नि तथा नसारोग सेवा, बालरोग विशेषज्ञ सेवा, स्त्री तथा गर्भवती सेवा, प्रसुती सेवा, परिवार नियोजन सेवा, आँखा उपचार तथा अन्य सेवाहरु प्रदान गरिएको स्वास्थ्य सेवा कार्यालय कालीकोटका सूचना अधिकारी कटक महतले बताउनु भयो। शिविर सञ्चालनका लागि जिल्ला स्वास्थ्य सेवा कार्यालय कालीकोटका प्रमुख डाक्टर भिष्म प्रसाद पोखरेलको नेतृत्वमा १० जना भन्दा बढी स्वास्थ्य कर्मिको टोली खटेको थियो ।