Butwal Today

त्रिचन्द्रमा कांग्रेस निकट नेबिसंघ विजयी, एमाले निकट अखिल तेस्रो

२१ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, २१ चैत ।

त्रिचन्द्र क्याम्पसको स्ववियू निर्वाचनमा नेपाल विद्यार्थी संघको नेतृत्व विजयी भएको छ । नेपाली कांग्रेस निकट नेविसंघका उम्मेदवार गोविन्द कोइराला झण्डै दोब्बर मत अर्थात १२१५ मतसहित सभापतिमा विजयी भएका हुन ।

उनका निकटतम प्रतिद्दन्दी नेविसंघको बिद्रोही स्वतन्त्र उम्मेदवार सागर न्यौपानेले ६८३ले मत ल्याउँदै नेकपा एमाले निकट अखिलका उम्मेदवार प्रमित बिष्ट भने ४३१ मतमा सिमित हुन पुगेका छन ।

यसअघि चैत ५ गते तय भएको निर्वाचन विवादका कारण स्थगित भए पछि चैत १३ गते सारिएको र सो दिनमा पनि निर्वाचन हुन नसके पछि पुनः निर्वाचन भएको हो ।