ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

झुम्साको खानेपानी बुटवलमा कहिले ?

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

२०५२ साल अर्थात आजभन्दा २९ बर्ष अघि सुरु भएको झुम्सा खानेपानी आयोजना अहिलेसम्म पूरा हुन सकेको छैन । बुटवलको मेलम्ची भनिएको यो खानेपानी आयोजना बुटवलबासीका लागि सपनामात्रै बन्ने हो कि भन्ने चिन्ता उत्पन्न भएको छ । बुटवलको खानेपानीको समस्या समाधान गर्ने भन्दै करिव तीन दशक अघि सुरु भएको यो आयोजना अहिलेसम्म पूरा हुन नसक्नुले नेपालको विकास आयोजनामा हुने गरेको ढिलाईको यो एउटा गतिलो उदाहरण हो । झुम्सा खानेपानीमात्रै होइन, हाम्रो देशका कुनैपनि ठूला आयोजना निर्धारित समयभित्र कहिल्यै बन्न सकेका छैनन् । ठूला आयोजना लम्ब्याउन थालिनुमा कतिपय अवस्थामा भ्रष्टाचार र अनियमितताको गन्ध आउन थल्छ । बुटवलको ‘मेलम्ची’ को नामले पुकारिने खानेपानी आयोजना लामो समयदेखि बन्न नसक्दा यस्तै गुनासा आउने गरेका छन् । काठमाडौँमा खानेपानी ल्याउने मेलम्ची खानेपानी लामो समय पर्खेरसमेत तयार भएको सन्दर्भमा बुटवलको मेलम्ची कहिले बन्ने हो ? बुटवलका जनताको खानेपानीको सपना कहिले पूरा हुने हो ? अझैसम्म अनुत्तरित छ ।

बुटवलमा अव गर्मी चढ्दै छ । गर्मीको समयमा तिनाउ खोलामा पानी कम हुँदै गर्दा बुटवलवासीले खानेपानीको चर्को समस्या भोग्ने गरेका छन् । बुटवलका मुख्य चोक र घनाबस्तीमा हिजोआज पानीको अभाव हुन थालेको छ । त्यसमाथि पहाडमा बर्षा हुनासाथ बुटवलबासीले धमिलो पानी पिउनुपर्ने बाध्यता हुन्छ । बुटवलमा अहिलेपनि दैनिक तीन करोड ५० लाख लिटर पानीको माग रहेकोमा खानेपानी संस्थानले जम्मा दुई करोड ५० लाख लिटर मात्र आपूर्ति गर्न सक्षम रहेको छ । उपभोक्ताको धारामा पानी आएपनि धमिलो पानीको समस्या चर्को छ । तिनाउ खोलामा जस्तो पानी आउँछ, त्यस्तै पानी उपभोक्ताको घरसम्म पु¥याउने गरिएको छ । बुटवलमा अझै दैनिक एक करोड लिटर खानेपानीको माग छ । यही रूपमा जनसंख्या बृद्धि हुँदै जाने हो भने बुटवलमा झुम्सा खानेपानीले समेत पानीको आवश्यकता धान्न मुस्किल हुन्छ । विडम्वना २९ बर्षअघिको आयोजना अझै पूरा हुन सकेको छैन । कहिले पूरा हुन्छ ? त्यसको उत्तर पनि छैन । यो वास्तवमै विडम्वनाको कुरा हो ।

बुटवलको खानेपानी समस्या समाधानका लागि झुम्सा खानेपानी आयोजना महत्वपूर्ण परियोजना सावित हुने कुरामा दुईमत छैन् । अझैपनि बुटवलबासी झुम्साको पानी आउनेमा आशाबादी छन् । खानेपानी समस्या दीर्घकालीन रूपमा समाधान गर्न बुटवलमा २९ वर्षअघि सुरु भएको आयोजना अहिलेसम्म पूरा नहुनु बुटवलबासीका लागि चिन्ताको कुरा हो । तीन दशकको बीचमा आयोजना क्षेत्रबाट थुपै्र प्रतिनिधिहरू निर्वाचित भएर केन्द्र, प्रदेश तथा स्थानीय तहमा पुगेका छन् । तर, खानेपानी आयोजना समयमै सम्पन्न गर्नेतर्फ कसैको पनि ध्यान पुगेन् । यो आयोजनाको सफल कार्यान्वयन अवको मूल कार्यसूची हुनुपर्दछ । हजारौं जनताको खानेपानीको सपना पूरा गर्नेतर्फ कुनैपनि ढिलाई नगरियोस् । विवादबाट माथि उठेर यो आयोजना सफल बनाउन सबैको सहयोग समेत उत्तिकै अपरिहार्य छ । खासगरी बुटवल उपमहानगरपालिकाले यो आयोजना समयमै सम्पन्न गराउन अग्रसरता लिनु जरुरी छ ।

प्राकृतिक, प्राविधिक लगायत विभिन्न कमजोरीका कारण यो आयोजनामा ढिलाइ भइरहेको खानेपानी संस्थानले जनाएको छ । अव बुटवल उपमहानगरपालिकाले यो खानेपानी आयोजना छिटो वनाउनेतर्फ सम्वन्धित निकायलाई दवाव दिनु जरुरी छ । आयोजनाको समय लम्बिँदा खानेपानीका पाइप समेत केही काम नलाग्ने भएका छन । विछाइएका पाईप फुटेका छन । करोडौंको भौतिक सम्पत्तिमाथि क्षति हुने अवस्था छ । बुटवलको ‘मेलम्ची’ भनेर चिनिएको आयोजना बुटवलबासीका लागि आकाशको फल आँखा तरी मर नहोस् । छिटोभन्दा छिटो खानेपानी बुटवल ल्याउने वातावरणको सिर्जना होस् । बुटवलवासीको खानेपानीको सपना पूरा गर्नेतर्फ सम्वन्धित निकायको अविलम्ब ध्यान जाओस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?