ट्रेंडिंग:

>> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

सुर्खेतमा बढ्दै लागुऔषध प्रयोगकर्ता, तीन वर्षमा तीन सय ६९ पक्राउ

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार
सुर्खेत,२१ चैत ।
कर्णाली प्रदेशको सुर्खेतमा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै गएको पाइएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार तीन वर्षको अवधिमा  लागु औषध मुद्दामा तीन सय ६९ जना पक्राउ परेका छन् । प्रहरी सुर्खेतको तथ्यांक अनुसार आर्थिक वर्ष २०७९/८० मा लागुऔषधसम्बन्धी ८८ मुद्दा दर्ता भएकोमा १ सय ४८ जना पक्राउ परेका थिए । आर्थिक वर्ष २०८०/०८१ मा ७४ मुद्दामा १०९ जना पक्राउ परेका थिए भने चालु आर्थिक वर्षको हालसम्म ७३ मुद्दा दर्ता भइसकेका छन् । यी मुद्दामा १ सय १२ जना पक्राउ पर्दा तीमध्ये सात जना महिला र एक बालबालिका रहेको जिल्ला प्रहरीले उपलब्ध गराएको तथ्यांकमा उल्लेख छ ।
दैनिक कम्तिमा दुईदेखि तीन जनासम्मलाई लागुऔषधसम्बन्धी मुद्दाअन्तर्गत नियन्त्रणमा लिइरहेको हो । त्यसैगरी जिल्ला प्रहरी कार्यालयले दैनिक कम्तिमा एउटा लागुऔषधसम्बन्धी मुद्दा जिल्ला अदालतमा दर्ता गराउने गरेको जनाएको छ । कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगमा सबैभन्दा बढी लागुऔषध सेवनकर्ताको रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी विरेन्द्रविर विश्वकर्माले जानकारी दिए । उनका अनुसार वीरेन्द्रनगरको १६ वटा वडामध्ये वडा नम्बर–४ लागुऔषधको हवको रूपमा देखा परेको छ । यस्तै यो बाहेक नगरपालिकाका वडा नं. १०, ११ र १२ नम्बर पनि अति प्रभावित क्षेत्र हो ।
चालु आर्थिक वर्षमा वडा नम्बर ४ बाट १२ जना, ११ बाट ११ जना, १२ बाट ८ जना, १० बाट ७ जना पक्राउ परेका छन् । यस्तै, वडा नम्बर ८ बाट ४ जना, ६ बाट ४ जना, ३ बाट ४ जना, ५ बाट ३ जना, ७ बाट ३ जना, १ बाट र वडा नम्बर १४ बाट एक एक जना पक्राउ परेका छन् ।
चालु आर्थिक वर्षमा एक सय १२ जना पक्राउ परेका छन् । जसमा युवाहरु धेरै रहेको प्रहरीको तथ्यांक छ । प्रहरीका अनुसार १८ वर्षमुनिका एक जना, १८ देखि २५ वर्षसम्मका ४७ जना, २५ देखि ३५ वर्षसम्मका ४३ जना पक्राउ पर्दा ३५ देखि ४५ वर्षसम्म १९, ४५ देखि ५५ सम्म एक जना र ६५ वर्षमाथिका एक जना पक्राउ परेका छन् ।वीरेन्द्रनगरमा लागु औषधमध्ये सबैभन्दा बढी प्रयोगकर्ता ब्राउनसुगरका रहेका छन् । त्यसका अलावा मेडिकलमा पाइने नाईट्राजन, ट्रामाडोल लिने र सेवन गर्नेहरूको संख्या बढी रहेको पाइएको हो । वीरेन्द्रनगरमा गाँजा सेवनकर्ता भने कम मात्रामा भेटिने गरेको डिएसपि विश्वकर्माले बताए । प्रहरी अनुसन्धानका क्रममा लागुऔषध भारतको रुपडिया र बर्दियाको सीमामा पर्ने बलरामपुरबाट सुर्खेत भित्रिने गरेको पाइएको छ । सजिलै धेरै कमाइने आशमा युवाहरु यसतर्फ लागेको डिएसपि विश्वकर्माले बताए । पछिल्लो समय औषधि पसलहरुमा पनि लागुऔषध फेला परेको उनले बताए  ।‘हामीले अहिलेसम्म दुईवटा फार्मेसीलाई मुद्दा चलाइरहेका छौं,’ उनले भने, ‘एकवटा फार्मेसीबाट मात्रै हामीले ४८०० ओटा ट्रामाडोलका गोली भेटाएका थियौं । त्यो पनि हामीलाई सूचना आएका कारण छापा मारेर नियन्त्रणमा लियौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?