ट्रेंडिंग:

>> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित
मनाइयो ६८औं राष्ट्रिय सहकारी दिवस

‘विधिभन्दा बाहिरका सहकारी कारबाहीका भागेदार हुन्छन्’

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

बुटवल, २१ चैत ।
६८औं राष्ट्रिय सहकारी दिवसको अवसरमा बुटवलमा अन्तक्र्रिया सहित मुल समारोह आयोजना गरि मनाइएको छ । ‘मर्यादित सहकारीः समुन्नत समाज’ भन्ने मुल नाराका बुटवलमा मुल समारोह गरिएको हो । कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका प्रमुख खेलराज पाण्डेले पछिल्लो समयमा सहकारी दुईकारणले गर्दा समस्यामा रहेको बताएका छन् ।उनले सहकारीहरूले नीति, विधि भन्दा पनि फरक ढंगबाट सञ्चालन भएको कारण समस्या रहेको साथै अर्को तर्फ सहकारीबाट कर्जा लिएर समयमा नै नतिर्ने बानीको कारण पनि सहकारी समस्यामा रहेको बताए । नगर प्रमुख पाण्डेयले सकारी ऐन स्थानीयरूपमा परिमार्जन गर्दै अगाडी जाने योजना समेत रहेको बताउँदै सहकारीलाई पूर्णरूपमा नीति भन्दा विपरित सञ्चालन भएमा कारवाही गर्ने समेत बताए । १२४ वटा सहकारी बुटवलमा दर्ता रहेको भन्दै उनले सबै सहकारीका अध्यक्ष, व्यवस्थापन समितलाई स्पष्ट रूपमा नीति नियम सिकाएको समेत बताए ।

बुटवलमा रहेका सहकारीहरूले कुन सहकारी समस्यामा छन्, सहकारीमा कर्जा लिएर पनि तिर्नेहरूको विवरण बुटवलले राखेर सोही अनुसार कारवाही समेत गर्ने बताए । छात्रवृत्ती सहकारीले दिँदा दोहोरो रूपमा परेको भन्दै अब सहकारी संग छात्रावृत्ती, स्वास्थ्य क्षेत्रमा समेत छलफल गरी सोही अनुसार कसैले पनि दोहोरा पना नहुने गरी उक्त कार्य गर्न लागिएको बताए । उनले भने–‘कार्यविधी बनाएर सोही अनुसार हामी तयारी छौ, संघीय ऐन, प्रदेश ऐन नबाझिने गरी ऐन समेत बनाउने तयारी गरिएको छ ।’

सहकारीको नियमन गर्ने निकाय भएपनि त्यसले पूर्णरूपमा नगरेको कारण समस्या रहेको भन्दै उनले बुटवलले नगरप्रमुख गृहणी रोजगार कार्यक्रम मार्फत महिलालाई स्वरोजगार बनाउने गरी काम भैरहेको बताए । सहकारीले अनिवार्य लगानी सहितको आर्थिक सुसासनमा समेत जोड दिएको नगर प्रमुख पाण्डेले बताएका थिए । राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक सहकारी महासंघका केन्द्रीय लेखा सुपरिवेक्षण समितका संयोजक भिम प्रसाद तुलाचनले राष्ट्रिय सहकारी दिवसको अवसरमा कार्यक्रममा बोल्दै बुटवल उपमहानगरपालिका उप प्रमुख सावित्रादेवी अर्यालले सहकारीले महिला उद्यमशिलता प्रर्वद्धनको लागि काम गर्दै आएको बताउँदै सोही अनुसार कार्य गर्दै नगरपालिकाले गर्दै आएको बताएकी थिईन् । उनले सहकारीले बचत तथा ऋणको मात्रै कार्य नगरेर उद्यमशिलता प्रर्वद्धनको लागि समेत काम गर्नुपर्ने बताएकी थिईन् ।

बुटवल उपमहानगरपालिकाको विशेष सहयोगमा आयोजना भएको मुल समारोहमा ‘नेपालको सहकारी अभियान विगतदेखि बर्तमानसम्म’ विषयमा सहकारी विषयमा विध्यावारिधी गरेका डा. खगराज शर्माले प्रस्तुतीकरण गरेका थिए । जिल्ला सहकारी संघ रूपन्देही मुख्य आयोजक हो भने रूपन्देही बचत तथा ऋण सहकारी संघ, राष्ट्रिय सहकारी बैंक बुटवल, तिलोत्तमा र भैरहवा शाखा, जिल्ला कृषि सहकारी संघ, नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ बुटवल, जिल्ला दुग्ध उत्पादक सहकारी संघ रूपन्देही, साना किसान विकास लघुवित्त वित्तीय संस्था लि बुटवल, सामाजिक उद्यमी जिल्ला सहकारी संघ लि, लुम्बिनी विशिष्टकृत सहकारी संघ लि र बहुउद्देश्य सहकारी संघ लि. रूपन्देही सह आयोजको रूपमा रहेका थिए । कार्यक्रममा विभिन्न सहकारी संस्थालाई विभिन्न शिर्षककमा सम्मान गरिएको जिल्ला बचत तथा ऋण सहकारी संघ लि.का अध्यक्ष बसन्त प्रसाद ढकालले जानकारी दिए । मुल समारोहमा सहकारी दर्पण पुस्तकको आठौ अंक विमोजन गरिएको थियो । सहकारी दिवस मुल समारोहका प्रमुख भिम प्रसाद तुलाचन, राष्ट्रिय सहकारी महासंघका टिका न्यौपानले लगायतले आ–आफ्नो भनाइ राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?