ट्रेंडिंग:

>> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु

महिला उद्यमीहरुलाई व्यवसायिक योजना, प्याकेजिङ र बजारीकरणको तालिम

२१ चैत्र २०८१, बिहीबार
२१ चैत्र २०८१, बिहीबार

बुटवल, २१ चैत ।
छपियाका महिला लघु उद्यमीहरुलाई लक्षित गरी ३ दिने तालिम दिईएको छ । सियारी गाउपालिकाको समन्वय तथा कोक्यापको आयोजनामा गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तरगत लघु उद्यमीको स्तर उन्नतिका लागि व्यवसायिक योजना, प्याकेजिङ र बजारीकरण सम्बन्धि ३ दिने तालिम दिईएको हो । छपिया फिस भिलेजमा भएको समापन कार्यक्रममा तालिममा सहभागीहरुलाई प्रमाणपत्र वितरण गर्दै सियारी गाउपालिकाका अध्यक्ष थानेश्वर घिमिरेले ‘सीप सिकौ आत्मनिर्भर बनौ’ भन्ने नाराका साथ तालिम सार्थक बनाउन आग्रह गरे । तालिमलाई ब्यवहारमा लागू गर्न सकेमात्र त्यो उपलब्धिमुलक बन्ने उनको तर्क छ ।

सियारी गाउपालिका वडा नं ४ का वडाअध्यक्ष राम यादवले वडामा महिलाहरुलाई सीप सिकेर आयआर्जनमा जोडिन सकिने वातावरण तयार भएको दाबी गरे । माछाको अचार हुँदै यसको बजारीकरण, बेसिक सिलाई कटाईबाट फेसन डिजाईनसम्म, साथै सजावटको सामग्री निर्माण गर्ने तालिमहरु सफल रहेको उनले बताए ।तालिमका प्रशिक्षक दामोदर ज्ञवालीले खाद्यान्न उत्पादन मानव स्वास्थ्यसंग जोडिएको हुदा पनि संवेदशिल विषय भएको बताए । उद्योगलाई दर्ता गर्ने, गुणस्तर मापदण्डको पालना गर्ने, बजारीकरणका विषयमा ध्यान दिन सुझाव दिए ।

कार्यक्रममा सियारी गाउपालिकाका प्रशासकिय अधिकृत अशोक जिसीले महिलाहरुलाई स्वरोजगार बनाउने गरि तालिम दिईएको बताए । एडभान्स रुपमा अचार बनाउने, लेभलिङ र प्याकेजिङ साथै व्यवसाय योजना निर्माण तालिम दिएको उनले बताए । सियारी गाउपालिकाको लघु उद्यम विकास शाखाकी यशोधा थापाले महिलाहरुलाई आर्थिक रुपमा सबल बनाउन सकेमात्र शसक्तिकरण हुने भन्दै विगत लामोसमयदेखी सीपमुलक तालिमहरु दिदै आएको बताईन ।

छपिया माछा अचार समुहकी उपाध्यक्ष जमुना खत्रीले तालिमबाट व्यवसायिक रुपमा उत्पादनका बारेमा जानकारी पाएको बताईन । तालिममा माछाका अचार, सुकुटीमात्र होईन कागती, मुला, लप्सी लगायतको अचार बनाउदा किचनमा सुरक्षाको विषयमा समेत राम्रो ज्ञान पाएको उनि बताउछिन । दुई वर्षअघि समुहका २५ जनालाई तालिम दिएकोमा १३ जना अहिले पनि यसमा निरन्तरता दिदै आएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?