Butwal Today

परराष्ट्रमन्त्री राणा र श्रीलंकाका एचई अरुण हेमचन्द्रबीच द्विपक्षीय भेटवार्ता

२१ चैत्र २०८१, बिहीबार
अ+
अ-

काठमाडौं, २१ चैत।

नेपाल र श्रीलंकाबीचका कूटनीतिक, पर्यटन र व्यापारिक सम्बन्धलाई सुदृढ बनाउने उद्देश्यले परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले श्रीलंकाका परराष्ट्र तथा वैदेशिक रोजगार उपमन्त्री एचई अरुण हेमचन्द्रसँग द्विपक्षीय भेटवार्ता गरेका छन्।

यस भेटमा, दुवै नेताबीच आगामी छठौं बिमस्टेक शिखर सम्मेलनको अवसरमा नेपाल-श्रीलंका सम्बन्धलाई थप बलियो बनाउने बारेमा गहन छलफल भएको थियो। मन्त्री डा. राणाले बैठकलाई सफल र उपलब्धिपूर्ण भएको भन्दै पर्यटन प्रवर्द्धन, हवाई सम्पर्क विस्तार र व्यापारिक सहकार्यको दिशा तय गर्ने कुरामा गहिरो छलफल भएको जानकारी दिइन्।

नेपाल र श्रीलंकाबीच ऐतिहासिक र सांस्कृतिक सम्बन्ध रहेको छ र हालका वर्षहरूमा यो सम्बन्धलाई अझ सुदृढ बनाउनको लागि पर्यटन र व्यापारका क्षेत्रमा नयाँ अवसरहरूको खोजी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?