ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

वन डढेर सकिदै गर्दा प्रदेश सरकार बैठकमा व्यस्त

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

लमही, २० चैत ।
लुम्बिनी प्रदेशमा वन डढेलोका घटनाहरू बढ्दै गइरहेका छन्, जसले वनजंगलमा गम्भीर क्षति पु¥याइरहेको छ । यस परिस्थितिमा, प्रदेश विपद् व्यवस्थापन परिषद्ले बैठक बसेर वर्तमान अवस्थाको समीक्षा गर्दै आवश्यक कदमहरू उठाउने निर्णय गरेको छ । बैठकमा वन डढेलोका कारणहरू, तिनले पार्ने प्रभावहरू र न्यूनीकरणका उपायहरूबारे गहन छलफल गरिएको थियो । परिषद्ले वन डढेलो नियन्त्रणका लागि स्थानीय समुदाय, सुरक्षा निकाय, र सम्बन्धित सरोकारवालाबीच समन्वय बढाउने, सचेतना कार्यक्रम सञ्चालन गर्ने र आवश्यक स्रोतसाधन परिचालन गर्ने निर्णय गरेको छ ।

प्रदेश विपद् व्यवस्थापन ऐन, २०८१ अनुसार, विपद् व्यवस्थापन परिषद्लाई विपद् सम्बन्धी नीति, योजना तथा मापदण्ड स्वीकृत गर्ने, तथा तिनको कार्यान्वयनको अनुगमन र मूल्यांकन गर्ने जिम्मेवारी दिइएको छ । वन डढेलो नियन्त्रणका लागि प्रदेश सरकार, स्थानीय तह, सुरक्षा निकाय, र समुदायबीच समन्वय र सहकार्य आवश्यक रहेको बैठकमा जोड दिइएको थियो । परिषद्ले सबै सरोकारवालालाई सक्रिय भई वन डढेलो नियन्त्रणमा योगदान गर्न आह्वान गरेको छ । यसैबीच लुम्बिनी प्रदेश विपद् व्यवस्थापन परिषद्को बैठक मंगलबार सम्पन्न भएको छ। मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकमा ११ वटा एजेन्डामा छलफल गरिएको छ । लुम्बिनी प्रदेश बहुप्रकोपको जोखिममा रहेको भन्दै बैठकले प्राकृतिक र गैरप्राकृतिक विपद्को प्रभावकारी व्यवस्थापनका लागि विभिन्न निर्णयहरू गरेको छ । भूकम्प, बाढी, पहिरो, चट्याङ, हुरी, अतिवृष्टि जस्ता प्राकृतिक विपद्का साथै महामारी, आगलागी, जल दुर्घटना, सडक तथा औद्योगिक दुर्घटनाको जोखिम न्यूनिकरण गर्ने उपायहरूबारे छलफल भएको छ ।

मुख्यमन्त्री आचार्यले विपद् व्यवस्थापनका लागि पूर्व तयारी, तत्कालीन प्रतिकार्य, र पश्चात पुनःस्थापनालाई प्रभावकारी बनाउन आवश्यक रहेको बताए। उनले भने, “विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउँदै क्षति न्यूनीकरणमा सबैको ध्यान जान जरुरी छ । सडक अवरुद्ध नहुने व्यवस्था गर्नुपर्छ र राहत वितरणमा ढिलाइ हुन नदिन आवश्यक समन्वय गर्नुपर्छ ।”
बैठकले विभिन्न निर्णयहरू गरेको छ, जसमाःपाल्पाको पर्यटकीय गन्तव्य रानीमहलको नदी कटान संरक्षण, तानसेनको सुकुम्बासी बस्ती सुरक्षाका लागि पहल, बाँकेको राप्ती नदी कटान जोखिम न्यूनीकरण, कर्णाली नदीको बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रमा सिंचाइको लागि बजेट छुट्याउने निर्णय समावेश छन् ।

हालसम्म चालू आर्थिक वर्ष २०८१ मा १,७५२ विपद् घटना भएका छन्, जसमा २९८ जनाको मृत्यु भएको छ, ६४१ जना घाइते भएका छन्, र १८ जना बेपत्ता छन् । २०८० सालको तुलनामा यस वर्ष मानवीय क्षति बढेको छ । गत वर्ष १,१२० घटना भएका थिए, जसमा ७६ जनाको मृत्यु भएको थियो । यस आर्थिक वर्षमा राहत र पुनर्निर्माणका लागि १ करोड २१ लाख २२ हजार रूपैयाँ वितरण गरिएको छ। राहतका लागि १ करोड ६ लाख ३७ हजार रूपैयाँ र पुनर्निर्माणका लागि १४ लाख ८५ हजार रूपैयाँ खर्च गरिएको छ । विपद् राहतलाई बीमासँग जोड्ने तथा सीप र उत्पादनसँग सम्बन्धित बनाउने योजना अघि सारिएको छ । बैठकमा स्वास्थ्य मन्त्री खेमबहादुर सारु, प्रदेश सभा सदस्य इन्द्रजीत थारु, प्रमुख सचिव बावुराम अधिकारी, सुरक्षा निकायका प्रतिनिधिहरू तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । बैठकको सहजिकरण आन्तरिक मामिला तथा कानुन मन्त्रालयका विपद् फोकल पर्सन गंगाधर पाण्डेले गरेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?