Butwal Today

राजावादी आन्दोलनमा ज्यान गुमाउनेका परिवारलाई १०-१० लाख क्षतिपुर्ति

२० चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २० चैत ।

राजावादी आन्दोलनमा ज्यान गुमाएका परिवारजनले १० लाख रूपैयाँ क्षतिपुर्ति पाउने भएका छन ।सरकारले गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको प्रदर्शनमा ज्यान गुमाएकाको परिवारलाई १०–१० लाख दिने निर्णय गरेको हो । गृह मन्त्रीस्तरीय बैठकले उक्त निर्णय गरेको हो ।

उक्त दुर्घटनामा परेर कीर्तिपुरका २९ वर्षीय सविन महर्जन र एभिन्युजका भिडियो पत्रकार सुरेश रजकको निधन भएको थियो । सविनको मंगलबार नै दाहसंस्कार गरिसकिएको छ भने रजकको आज दाहसंस्कार हुदैँछ ।