ट्रेंडिंग:

>> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो >> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने

पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

बुटवल, २० चैत ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहेको बताएका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले काठमाडौंको तीनकुनेमा १५ चैतमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट पारेको बताएका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन सत्ता लिएर चलाउन चाहनुहुन्छ । यसमा लुकेको केही छैन,’ उनले भने, ‘तर उहाँको चाहना पूरा हुँदैन ।’

नेपालको राजतन्त्र बेलायतको जस्तो मर्यादित भएर बस्न नसक्ने पटकपटक पुष्टि भएको बताएका महामन्त्री थापाले कि राजाको शासन, कि जनताको शासन रोज्नु पर्ने अवस्थामा नेपाली कांग्रेसले जनताको शासन रोजेको स्पष्ट पारे ।

‘यहाँको राजसंस्था बेलायतको जस्तो होइन रहेछ, संवैधानिक भएर बस्न पटकपटक मौका दिँदा पनि यहाँका राजाहरूले शासन हातमा लिइरहे । त्यसपछि हामीसँग दुई विकल्प थिए, राजाको शासन, कि जनताको,’ थापाले भने, ‘अनुभव, विवेक र ज्ञानको आधारमा नेपाली कांग्रेसले अधिवेशनबाटै संवैधानिक राजतन्त्र भन्ने विधानमा रहेको व्यवस्था बदलेर गणतन्त्र लेखेको हो ।’

बीपी, गणेशमानदेखि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासम्मलाई राजाले पटकपटक दुःख दिएको उनको भनाइ थियो ।

‘राजा त्रिभुवन नेपाल छाडेर भारत जाँदा बीपीले त्यतै छोडेर आउन पनि सक्नु हुन्थ्यो । तर, उहाँ त्रिभुवनलाई लिएर आउनु भयो । राजा महेन्द्रले २०१७ सालमा ‘सैनिक कू’ गर्दै जननिर्वाचित प्रधानमन्त्रीलाई आठ वर्ष जेल हाले । बीपी र गणेशमानले जति नै दुःख पाए पनि हामी संवैधानिक राजतन्त्र चाहन्छौं भनिरहनुभयो,’ विगत सम्झँदै थापाले भने, ‘दरबार हत्याकाण्डपछि ढुंगामुढा खाएर घाउचोट सहेर गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाई राजगद्दीमा बसाएकै हो । तर, उनी संवैधानिक बस्न तयार भएनन् र माघ १९ को कदम चाले ।’

माघ १९ को कदम चाल्नु अघिल्लो दिन शेरबहादुर देउवाले राजालाई भेटेर अरु जे गरे पनि प्रजातन्त्र नमास्न आग्रह गरेको चर्चा गर्दै थापाले भने, ‘भोलिपल्टै तिनै राजाले देउवालाई नै जेल हाले ।’

कलिलो उमेरमा आफू पनि राजातन्त्रको समर्थक रहेको भन्दै थापाले भने, ‘दरबार हत्याकाण्डमा राजा वीरेन्द्र मारिँदा १३ दिनसम्म यो कपाल खौरिएर पशुपतिको पारिपट्टी दिनभर बसेर फर्किन्थें । अभिभावक गुमाएकोजस्तो लाग्थ्यो,’ राजतन्त्रले दिएका दुःख सम्झँदै उनले भने, ‘मलाई पहिलोपटक राजद्रोहको मुद्दा लागेपछि अदालतमा संविधान मान्छु, राजतन्त्र मान्छु भनेर बयान दिएको थिएँ । तर, दोस्रोपटक पनि राजद्रोहको मुद्दा लगाएपछि संविधान मान्दिनँ, राजतन्त्र मान्दिनँ भनेर बयान दिएँ । कलिलो उमेर थियो । तर, एक, दुई वर्षको अन्तरालमै जे अनुभव गरियो, त्यसले अब राजा बोक्न सकिँदैन भन्ने स्पष्ट बनायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?