ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’

बन्द उद्योग पुनः सञ्चालन गर्ने प्रदेश सरकारको तयार छः मन्त्री न्यौपाने

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

बुटवल, २० चैत ।

लुम्बिनी प्रदेशका उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्ड बिक्रम न्यौपानेले साना तथा मझौला उद्योगबाट पनि रोजगारीका अवसर प्राप्त हुनुका साथै राम्रो मुनाफा कमाउन सकिने भन्दै त्यस्ता उद्योगलाई प्रदेश सरकारले सहयोग गर्ने प्रतिवद्वता ब्यक्त गरेका छन् । मंगलबार बुटवलमा आयोजित नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेशको तेस्रो अधिवेशन तथा महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री न्यौपानेले सानातिना घरेलु उद्योगहरूबाट पनि स्वरोजगार बन्नुका साथै धेरैलाई रोजगारी दिन सकिने भएकोले प्रदेश सरकारले त्यस्ता उद्योगहरूको प्रवद्र्धन गर्ने योजना रहेको बताएका हुन् । स्वदेशमा थोरै लगानी गरेर पनि धेरै मुनाफा आर्जन गर्न सकिने प्रसस्त सम्भावना रहेको भन्दै उनले रोजगारमुखी र निर्यातमुखी उद्योगहरूलाई प्रदेश सरकारले सहयोग गर्ने नीति लिएको बताए ।

सुनका गहना बजाउनका लागि भारत र बंगलादेशबाट लाखौं कारिगड नेपाल आउने गरेको भन्दै मन्त्री न्यौपानेले नेपालीहरूलाई सुनचाँदीका गहना बनाउने कारिगड तालिम दिने तयारी गरेको जानकारी गराए । रूग्ण तथा बन्द उद्योग पुन सञ्चालन गर्ने मन्त्रालयको योजना रहेको जानकारी गराउँदै उनले उनले त्यस्ता उद्योगहरूको बारेमा जानकारी दिन र पुनः सञ्चालनको योजना पेस गर्न उद्योगी व्यवसायीहरूलाई आग्रह गरे ।

नेपाल घरेलु तथा साना उद्योग महासंघ लुम्बिनी प्रदेश अध्यक्ष नेत्रप्रसाद पाठकको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा नेपाल घरेलु तथा साना उद्योग महासंघका निबर्तमान केन्द्रीय अध्यक्ष श्याम प्रसाद गिरी, महासंघका बरिस्ठ उपाध्यक्ष सुर्य बहादुर कण्डेल, महासंघ केन्द्रीय महिला समिति बरिस्ठ उपाध्यक्ष रीता अवाल, उद्योग बाणिज्य महासंघ लुम्बिनी प्रदेश उपाध्यक्ष कुलप्रसाद न्यौपाने, रूपन्देही उद्योग संघका पुर्व टंक प्रसाद पोखरेल, रूपन्देही उद्योग संघकै अर्का पूर्व अध्यक्ष बाबुराम बोहोरा, महासंघ लुम्बिनी प्रदेशका बरिस्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी,महासचिव जयश्वर पौडेल, महासंघ अन्तर्गतको महिला समिति अध्यक्ष शान्ति शर्मा, रूपन्देही जिल्ला अध्यक्ष टंक प्रसाद अधिकारी लगायतले मुलुकमा युवाहरूको बिदेश पलायन, दक्ष मजदुरको अभाव, उद्योग दर्ता र सञ्चालनमा आइपर्ने समस्याका बारेमा आ आफ्नो भनाइ राखेका थिए । सो अवसरमा रूपन्देहीका प्रतिष्ठित उद्योगी बसन्त रोका क्षेत्री र दाङकी रचना सुवेदीलाई उत्कृष्ट उद्योगी सम्मानबाट सम्मानित गरिएको थियो ।

त्यस्तै महासंघ लुम्बिनी प्रदेशका बरिष्ठ उपाध्यक्ष गणेशप्रसाद अधिकारी, महासचिव जयश्वर पौडेल, महासंघ अन्तर्गत लुम्बिनी प्रदेश महिला समिति उपाध्यक्ष सावित्रा टण्डन, महासचिव पार्बती अधिकारी, महासंघ प्रदेश समिति सदस्यद्वय माया खनाल र कृष्णप्रसाद प्रसाईंलाई सम्मान गरिएको थियो । १२ जिल्लाका २४३ प्रतिनिधिहरूको सहभागीता रहेको अधिवेशनले महासंघको नयाँ नेतृत्व समेत चयन गर्ने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?