ट्रेंडिंग:

>> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता

‘देव,दह’ को विकास जोड्दै धार्मिक महोत्सव

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

देवदह, २० चैत ।
रूपन्देहीको देवदहमा श्रीमद्भागवत महापुराण तथा मङ्गलपुष्करिणी दह धार्मिक महोत्सव गरिने भएको छ । देवदहका ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्रको विकास तथा प्रवद्र्धन गर्ने उद्देश्यले देवदह–९ मा रहेको देवदह क्षेत्रमा धार्मिक महोत्सव हुन लागेको हो । चैतको २१ देखि २८ गतेसम्म महोत्सव गरिने मंगलबार देवदहमा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो । एतिकासिक ‘देव,दह’को संरक्षण तथा विकास, चौपायाको ब्यवस्थापन र स्थानीय संदिप आधारभुत विद्यालयमा अक्षयकोष स्थापना गर्नकालागि देवदहमा धार्मिक महोत्सवको आयोजना गरिएको महोत्सव मूल आयोजक समिति संयोजक एवं देवदह नगरपालिका–९ का वडाध्यक्ष मोहन जिसीले बताए । उनले प्राचीन समयमा राजा तथा ऋषि–तपस्वीहरूले स्नान गर्ने पवित्र स्थल देवदह भएकाले यसको संरक्षण र प्रचारप्रसार आवश्यक रहेको बताए । उनल भने–‘यहाँ सेता, राता, गुलावी लगायतका विभिन्न रङ्गका कमल फुल्ने भएकाले बौद्ध धर्ममा यसलाई मङ्गलपुष्करिणी भनिएको छ । बौद्ध ग्रन्थहरूमा यसलाई ध्यान, शुद्धता र साधनाका लागि उपयुक्त स्थलका रूपमा वर्णन गरिएको छ ।’ उनले देवदहको प्रचार विश्वभरी गर्ने उद्देश्य राखिएको उल्लेख गर्दै एक लाख भक्तजनले महोत्सवमा आउने र एक करोड संकलन गर्ने लक्ष्य रहेको बताए ।

पत्रकार सम्मेलनमा देवदह नगरपालिकाका प्रथम नगर प्रमुख हिराबहादुर खत्रीले देव दह यस क्षेत्रकै महत्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्य भएको उल्लेख गरे । उनले भने ‘देव दहको बारेमा विभिन्न ग्रन्थहरूमा उल्लेख गरिएको पाइन्छ । बुद्धकालीन समयमा राज्याभिषेकका क्रममा यहाँ स्नान गर्ने गरिन्थ्यो । यस क्षेत्रको विकास र प्रचारप्रसारका लागि स्थानीय तहले निरन्तर योगदान दिँदै आएको छ । पुरातत्व विभागले उत्खनन र देवदह नगरपालिका–९, घोडाहाको उत्तरतर्फ प्रगति सामुदायिक वनमा अवस्थित मङ्गलपुष्करिणी (देव दह) कै कारण यस क्षेत्रको नाम देवदह रहन गएको स्थानीय बताउँछन । धार्मिक मान्यता अनुसार सत्य, धर्म, संघ र मङ्गल प्राप्त गर्ने पवित्र स्थल भएकाले यसलाई मङ्गलपुष्करिणी भनिएको हो । बौद्ध धर्म ग्रन्थ त्रिपिटक र हिन्दू धर्मग्रन्थ वराह पुराणमा समेत देवदहको विशेष उल्लेख गरिएको छ । महोत्सव अवधिभर विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमहरू आयोजना गरिनेछ । चैत्र २१ गते बौद्ध गुरुहरूले दह शुद्धीकरण पूजाको आरम्भ गर्नेछन् भने चैत्र २२ गते बिहान ९ः३० बजे शोभा कलश यात्रा निकालिनेछ। सोही दिन बिहान १०ः३० बजे महोत्सवको औपचारिक उद्घाटन गरिनेछ । महोत्सव अवधिभर प्रत्येक बिहान ७ बजे पूजा–अर्चना, ८ बजे पाठ पारायण, ११ बजेबाट ४ बजे सम्म कथा प्रवचन, राष्ट्रिय कलाकारहरूको भजन तथा झाँकी प्रदर्शन गरिने आयोजकले जनाएको छ । चैत्र २८ गते पूर्णाहुति एवम् यज्ञ समापन गरी महोत्सव समापन गरिनेछ ।

महोत्सवको संरक्षक देवदह नगरपालिका रहेको छ भने सहआयोजक प्रगति सामूदायिक वन रहेको छ । कार्यक्रममा कथावाचक पं.चन्द्रकान्त काफ्लेले संगीतमय श्रीमद्भागवत कथा वाचन गर्नेछन् । महोत्सवबाट संकलित रकम छाडा चौपाया व्यवस्थापन तथा सन्दिप आधारभूत विद्यालय अक्षयकोष स्थापनाका लागि खर्च गरिने आयोजक समितिले जनाएको छ । धार्मिक र सामाजिक उद्देश्यका साथ आयोजना गर्न लागिएको महोत्सवमा सबैलाई सहभागिताका लागि आयोजकले निमन्त्रणा गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?