Butwal Today

ओली र मोदी बीच शुक्रबार बैंककमा ‘साइडलाइन’ भेटवार्ता हुने

२० चैत्र २०८१, बुधबार
अ+
अ-

काठमाडौं, २० चैत ।

प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदी बीच ‘साइडलाइन’ बार्ता हुने भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका बंगालको खाडीको प्रयास (बिम्स्टेक) को छैटौं शिखर सम्मेलनमा भाग लिन थाइल्यान्डको बैंककमा रहेका प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री मोदी बिच सोही समयमा साइड लाइन बार्ता हुने भएको हो ।

सो सम्मेलन उदघाटन पछि शुक्रबार ‘साइड लाइन’ बार्ता तय भएको प्रधानमन्त्री निकट स्रोतले बतायो । पछिल्लो समयमा नेपाल र भारतका बिच सरकारी तहमा सबन्ध राम्रो नभइरहेको भनिरहेको बेला यो द्दिपक्षीय भेटबार्ता हुन लागेको हो ।