ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

असल अभिभावकको दायित्व र जिम्मेवारी

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

शिक्षा गर्भावस्थादेखि मृत्यु पर्यन्त चलिरहने प्रक्रिया हो । प्रारम्भिक बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण र गम्भिर अवस्था हो । गर्भावस्था देखिनै वंशाणुगत गुणहरू, शारीरिक, मानसिक र संवेगात्मक क्षमताको विकास शुरु भएको हुन्छ । मानव जिवनमा शिक्षा औपचारीक, अनौपचारीक र अनियमित रूपबाट प्राप्त भएको हुन्छ । शिक्षा विभिन्न स्रोत र व्यक्तिहरूको प्रयासबाट प्राप्त हुन्छ । कुनै एक व्यक्तिले शिक्षा प्राप्त गर्ने क्रममा शिक्षक, अभिभावक, समाजिक र पारिवारीक वातावरण लगायतको महत्वपूर्ण भूमिका रहन्छ । प्रत्येक मानवले बाल्यकालदेखि शैक्षिक यात्रामा हेरक पक्षको भूमिका फरक फरक र महत्वपूर्ण रूपबाट प्राप्त गर्दछ । सामान्यतया गर्भावस्थादेखि आठ वर्ष सम्मको उमेरमा शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकास भएको हुन्छ । त्यसैले आमाबाबुले यस उमेरका बालबालिकालाई विशेष ध्यान दिनु पर्दछ । यस उमेरसम्म बालबालिका विभिन्न व्यक्तिहरूको प्रभाव तथा सम्पर्कमा आएका हुन्छन् । उनीहरूले परिवारका सदस्यहरू, समाजका विभिन्न व्यक्तिहरू, नातेदारहरू, साथिभाइहरू र शिक्षकसंगको सम्पर्कमा रहेर उनीहरू प्रति एक प्रकारको धारणा बनाएका हुन्छन् । आफ्नो सम्पर्कमा आएका व्यक्तिहरूको विभिन्न भूमिकाबाट धैरेकुराहरू प्रत्यक्ष र अप्रत्यक्षरूपबाट सिकेका हुन्छन् । विशेष गरेर अभिभावक, शिक्षक र साथिहरूले उनिहरूमाथि प्रत्यक्ष प्रभाव पारेका हुन्छन् । अभिभावक, शिक्षक र साथीहरूको भूमिका फरक फरक रहनुका साथै प्रभाव प्रत्यक्ष परेको हुन्छ ।

अभिभावकको भूमिकाः
प्रारम्भिक बाल्यावस्था मानव जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । गर्भावस्थादेखिनै शिशु आफ्नो वंशाणुगत गुणहरू र क्षमताको विकास गर्न सक्षम हुन्छन् । उनीहरूले जन्मे देखिनै इन्द्रियको अनुभवले सिक्न थाल्छन् । प्रारम्भिक बाल्यावस्थामा (गर्भावस्थादेखि आठ वर्षसम्म) बालबालिकाको शारीरिक, बौद्धिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकास हुन्छ । शिशु गर्भमा रहँदा, जन्म वा सुत्केरी अवस्था र शिशुको जन्मपछि बालबालिकाको उचित स्याहार र विकासको अवसर प्रदान गर्ने जिम्मेवारी अभिभावकहरूको हो । अभिभावक भन्नाले आमा बाबु, हजुरआमा हजुरबुबा, दाइदिदी र अन्य स्याहारकर्ताहरू हुन् । शिशु ÷बालबालिकाको पहिलो माया, सहारा, गुरु, संरक्षक, साथी उनको आमा बाबु नै हुन् । अभिभावकबिना शिशुको लालनपालन कठिन हुन्छ । उनीहरूले आफ्ना शिशुहरूलाई पालन पोषण, स्याहार सुसार, स्वास्थ्य, सरसफाई, सुरक्षा, उत्प्रेरणा, खेल, कुराकानी र स्नेहपूर्ण व्यवहारले बालबालिकाको वृद्धि विकासमा प्रत्यक्ष सहयोग पुच्याउँछन् । विशेषगरी, उनीहरूको भावना, संवेदनशीलता, आचरण, व्यवहार, स्वभाव, आत्मविश्वास, आत्मसम्मान, सिक्ने क्षमता, सामाजिक सम्बन्ध कायम गर्ने सीप विकासमा अभिभावकको महत्वपूर्ण भूमिका हुन्छ । त्यसैले भनिन्छ ः “बालबालिकाको पहिलो विद्यालय उनीहरूको घर हो । अभिभावक पहिलो शिक्षक हुन् ।” बालबालिकाको वर्तमान र भविष्य अभिभावकमा भर पर्दछ । उनीहरूको व्यवहार, सम्बन्ध र सहयोगमा बालबालिकाले आफ्नो सीप विकास गर्दछन् । यसर्थमा बालबालिकाको आवश्यकता (बालअधिकार) घरपरिवारमा आमाबाबुले मायाममता, पालनपोषण, उत्प्रेरणा, सुरक्षा र संरक्षण गरेर पुस्याउने गर्दछन् । यसै सन्दर्भमा आफ्ना शिशु, बालबालिकाको शारीरिक वृद्धि, व्यवहार, मनोभावना, बौद्धिक विकास लगायत उमेर तथा क्षमता अनुसार सिकाइ गर्न उचित स्याहार गर्ने ज्ञान, सीप र दक्षता अभिवृद्धि गराउने अनौपचारिक शिक्षालाई अभिभावक शिक्षा भनिन्छ । विद्यालयले समय समयमा अभिभावक शिक्षा सञ्चलन गर्नु पर्दछ । किनकी बालबालिकाहरू धेरै समयम घरमा विताउछन् । शिक्षा विद्हरूको भनाइमा बालबालिकाहरू विद्यालय आउदा कलम, कापि र झोला मात्र बोकेर आउदैनन् उनिहरू घरको संस्कार पनि बोकेर आउदछन् । बालबालिकाले विद्यालयमा गर्ने क्रियाकलाप तथा देखाउने व्यवहार शिक्षकले देखेर उक्त बालबालिकाको घरको वोलि व्यवहार, संस्कार तथा चालचलन थाहा पाउन सक्दछन् । विद्यालय जानु अघिका ३ वर्षजति बालबालिका घरको परिवेश, रहनसहन छरछिमेकका बालबालिकाहरूको सम्पर्कबाट धेरै कुरा जानिसकेका हुन्छन् त्यसैले होला घरलाई पहिलो पाठशाला भनेको । यसर्थ अभिभाकले बालबच्चा कसरी हुर्काउने, हेरचाह गर्ने, उनीहरूको अगाडी कस्तो बोलि व्यवहार गर्ने, कस्ता कृयाकलाप गर्ने वा गराउने कुरामा धेरै ध्यान पु¥याउनु पर्दछ । वालबालिकाहरूले अभिभावकले भनेको भन्दा पनि गरेको हेरेर धेरै कुराहरू सिक्दछन् । पाँच वर्षसम्मका बालबालिकाहरूको शारीरिक, बौद्धिक, भाषिक, संवेगात्मक र सामाजिक विकास लगायतका प्रारम्भिक सिकाइ सीपको विकास हुने भएकाले अभिभावकले यो उमेरसम्म बालबालिकाहरूको विविध पक्षमा ख्याल गर्नुपर्दछ ।

जुन अभिभावकहरूले अभिभावक शिक्षा प्राप्त गरेका वा लिएका हुन्छन् वहाँहरूले शिशु हुर्काउने पूर्व ज्ञान र थप सीप जान्ने भएकाले आफ्ना शिशुलाई आत्मविश्वासका साथ लालनपालन गर्न सक्षम हुन्छन् । अभिभावक शिक्षा पाएका अभिभावकले बालबालिकालाई स्नेहपूर्ण व्यवहार गर्ने, कुराकानी गर्ने, सरसफाइमा ध्यान दिने, पोषण युक्त खाना खुवाउने, भेदभाव÷सजाय÷दुव्र्यवहार नगरेको अध्ययनले देखाएको छ । यस्ता अभिभावकले सबै (सवलाङ्ग वा दिव्याङ्ग) बालबालिकालाई विना भेदभाव माया, उत्प्रेरणा, स्वास्थ उपचार, पोषिलो खाना, सकारात्मक अनुशासन र सहयोग तथा प्रारम्भिक सिकाइमा उल्लेखनीय व्यवस्था र अवसर दिएको पाइएको छ । अभिभावक शिक्षा नलिएका वा प्राप्त नगरेका अभिभावकहरूमा बालबच्चा हुर्काउने क्रममा चिन्ता, डर, अन्यौलको वातावरण सिर्जना भएको अध्ययनले देखाएको छ । यस्ता अभिभावकबाट हुर्केका बालबालिकाहरू सानै उमेरदेखि डराउने, संकोच मान्ने, दण्ड सजाय, दुर्व्यवहार, असुरक्षाको कारणले पढाइमा ध्यान कम दिने, काममा रुचि नदेखाउने, एकान्त मनपराउने, भेदभावमा समेत हुर्कनु परेको देखिएको छ । यसकारण सबै आमाबाबु तथा अभिभावकले सम्भव भएसम्म अभिभावक शिक्षा लिदा उत्तम हुन्छ । अभिभावक शिक्षा लिएका अभिभावकले बालबालिकाको मनोभावना बुझेर बालअनुकुल व्यवहार गर्न सक्षम हुन्छन् र उनीहरूलाई सहयोग पुग्दछ । घरपरिवारमै सस्तो, दिगो, सहज पहुँच हुने प्रारम्भिक बालविकास अभिभावकबाट नै सम्भव हुन्छ । राम्रो अभिभावकत्व प्राप्त गरेका बालबालिकाको शारीरिक, मानसिक, संवेगात्मक, सामाजिक विकास समानरूपले हुन्छ । बालबालिकालाई आमाबाबु तथा अभिभावकले राम्रो पथ पर्दशन गरेमा र उनिहरूको चाहनालाई साथ दिएमा मात्र बालविकास सहि दिशामा र गतिमा अगाडी बढ्दछ । बालबालिकालाई आधारभूत सिकाइमा सहयोग गर्न र भावी शिक्षाको जग बनाउन बालबालिकाभन्दा जाने बुझेको वयस्क हुने भएकोले अभिभावक आवश्यक हुन्छ । अभिभावकले बालबालिकालाई सिकाइको लागी आवश्यक पर्ने विविध सामग्री र अवसर जुटाइदिनुपर्दछ ।

उदाहरणका लागि हामीले बोटविरुवालाई लिन सक्दछौं । सानो विरुलालाई शुरुदेखिनै राम्रो मलजल गरेमा स्वभाविकरूपले त्यसको बृद्धि र विकास राम्रो हुन्छ र उक्त विरुवा रुखमा परिणत भएर चाडैनै राम्रो फलदिन शुरु गर्दछ । त्यसैले बालबालिकालाई राम्रो संस्कार र पथ प्रदर्शनले मलजल गरेमा भविश्यमा उनीहरूले राम्रो उन्नती प्रगति गर्नेकुरामा दुइमत हुन सक्दैन । यस लेखमा विशेष गरेर अभिभावकको भूमिका र जिम्मेवारीलाई बढी महत्व दिइएको छ । यसको अर्थ यो होइन कि वालबालिका प्रति शिक्षक र स्वयं वालबालिकाको भूमिका छैन वा हुदैन । पक्कै पनि बालबालिकाको शैक्षिक विकासमा शिक्षकको अतुलनिय भूमिका र जिम्मेवारी रहेको हुन्छ । त्यो चरण भनेको पहिलो पाठशाला (घर) बाट जव कुनै बालबालिका स्वस्थ शरिर, मस्तिस्क र संवेग लिएर विद्यालय प्रवेश गर्दछन् । विद्यालय शिक्षामा शिक्षकको राम्रो, सकारात्मक, उत्प्रेरणमूलक, उर्जामूखि शिक्षणले बालबालिकाको शैक्षिक विकासमा महत्वपूर्ण र गहन भूमिका रहेको हुन्छ ।

शिक्षक आजकल अभिभावकहरू विद्यालयमा गएर स–साना कुराहरूमा पनि प्रधानाध्यापक तथा शिक्षकहरूसंग गुनासो पोख्ने र आफ्ना बालबालिकालाई यसो भनिदिनु प¥यो, उसो भनिदिनु प¥यो भनेको सुन्न पाईन्छ । सामान्य कुरा जस्तै कपाल काट्न, नुहाउन, कपडा धुन, गाँउमा धेरै नहिड्न आदि इत्यादि । यसले के देखाउदछ भने अभिभावकले आफ्नो बच्चालाई आफुले भनेको मान्न सक्ने बनाउनु भएको रहेनछ । यसो हुनु भनेको अभिभावकमा अभिभावक शिक्षाको कमी हो । आफ्नो कमी कमजोरी अरूलाई देखाउनु हो । अभैm हामी अभिभावक कस्ता छौँ भने बच्चाले घरमा पढेन, मोवाइल धेरै हे¥यो, गृहकार्य गरेन, भनेको मानेन भनेर होस्टेलमा राख्ने गर्दछौं । आफ्नो बच्चालाई अरूको जिम्मा दिन्छौँ । यो त अजवको कुरा भएन र ? अतएवं अभिभावक भएर गर्नुपर्ने काम, कर्तव्य, जिम्मेवारी र भूमिका सहज रूपबाट निर्वाह गर्न सकिएमा मात्र हामी राम्रो अभिभावक हुन सक्दछौं । राम्रो अभिभावक हुनका लागि हामीले अभिभावक शिक्षा लिनु जरुरी हुन्छ । त्यसका लागि विद्यालयले राख्ने अभिभावक भेला, अभिमुखिकरण तथा अन्तरक्रिया र नतिजा प्रकाशन जस्ता कार्यक्रममा निरन्तर सहभागी हुनुपर्दछ । अभिभावक शिक्षा सम्बन्धि कितावहरू, लेखहरू पढ्नुपर्दछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?