ट्रेंडिंग:

>> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न 

संवैधानिक अधिकार प्रयोग गर्दा लोकतान्त्रिक संस्कार र संस्कृति विर्सन मिल्दैनः राष्ट्रपति

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

काठमाडौं, २० चैत ।

राष्ट्रपति रामचन्द्र पौडेलले लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हुने र संविधानको व्यवस्था, मर्म र भावना भुले नेपाली जनतालाई स्वीकार्य नहुने बताउँदै संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा त्यही संविधानले अपेक्षा गरेको लोकतान्त्रिक संस्कृति र संस्कारको  बिर्सिए जनतालाई स्वीकार्य नहुने बताएका छन् । ‘लामो संघर्ष, त्याग र बलिदानबाट जनता आफैले बनाएको संविधानले प्रत्येक नागरिकलाई आफ्नो असहमति राख्ने अधिकार प्रदान गरेको छ । संघीय लोकतान्त्रिक गणतन्त्रको यो सर्वाधिक सुन्दर पक्ष हो । तर, संविधानले प्रदान गरेको यो अधिकार प्रयोग गर्दा हामी कति जिम्मेवार हुनुपर्छ भन्ने कुरा पनि त्यत्तिकै महत्वपूर्ण छ” राष्ट्रपति पौडेलले रेडियो नेपालको हीरक महोत्सवको बुधवार उद्घाटन गर्दै भने, “संविधानले दिएको हाम्रो अधिकार प्रयोग गर्दा हाम्रै संविधानले एउटा लोकतान्त्रिक संस्कृति र संस्कारको अपेक्षा गरेको छ भन्ने पनि हामीले विर्सन हुन्न । र, लोकतन्त्रमा जनताको अभिमत सबैभन्दा ठूलो हो । संविधानको यो व्यवस्था, मर्म र भावना हामीले भुल्यौं भने नेपाली जनतालाई स्वीकार्य हुने छैन ।”

राष्ट्रपति पौडेलले स्वतन्त्रताका नाममा हुने हिंसा, तोड़फोड़, आगजनी र लूटपाट सर्वदा निषेधित रहेको पनि स्पष्ट पारेका छन । ‘नेपालको संविधानले नागरिकलाई आफ्नो विचार अभिव्यक्त गर्ने निर्वाध स्वतन्त्रता प्रदान गरेको छ । तर स्वतन्त्रताको नाममा हिंसा, आगजनी, लुटपाट र तोडफोड गर्ने कार्य सर्वदा निषेधित छ ।  यस्तो प्रकृतिको घटना हुन नदिन सबै गम्भीर बन्नुहुनेछ भन्ने मैले विश्वास लिएको छु,’ उनले भने । राष्ट्रपति पौडेलले नेपालको लोकतान्त्रिक आन्दोलनमा पत्रकार र सञ्चारमाध्यमको महत्वपूर्ण भूमिका रहेको बताउदै सञ्चारजगतको यो महत्वपूर्ण र म्ंभीर जिम्मेवारीलाई बोध गरेर नै संविधानमा पूर्ण प्रेस स्वतन्त्रताको ग्यारेण्टी गरिएको बताए । उनले केही दिन अगाडि काठमाडौंमा भएको घटनाको क्रममा जनधनको जुन क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै होनाहार पत्रकार र नागरिकको मृत्यु हुनु दुखद भएको बताए ।

राष्ट्रपति पौडेलले आफू  र आफ्नो पुस्ता रेडियो नेपाल सुन्दै हुर्किएको पुस्ता भएको बताउँदै  समाचार र कैंयन शिक्षा, जनचेतना, मनोरञ्जनात्मकलगायतका कार्यक्रम आफ्नो स्मृतिमा आजपर्यन्त मीठो सम्झना बनेर झञ्कृत भइरहेको उल्लेख गरे । उनले लोकतन्त्र स्थापनासँगै मुलुकमा आमसञ्चार माध्यमको विकास र विस्तारले गति लिएको उल्लेख गर्दै संविधानले व्यवस्था गरेको नागरिकको सूचनाको हक प्रत्याभूत गर्न रेडियो नेपालले नेपाली समाजको समावेशी चरित्रको संरक्षण र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएको बताए । सबै जातजाति, भाषाभाषीको अधिकार संरक्षण गर्ने वहुलवादमा आधारित लोकतन्त्रको सुदृढीकरणलाई आफ्नो धर्म मानेर काम गर्दा नै संस्थाको खास लक्ष्य पुरा हुने बताउदै सञ्चारमाध्यम विपद्का बेला आम नागरिकको भरोसाको केन्द्र हुन्छ भन्ने प्रमाण २०७२ को भूकम्प र कोरोना महामारीलगायतका विपत्तिका बेलामा रेडियो नेपालसहितका सञ्चारमाध्यमले गरेको योगदानबाट पुष्टि भएको बताए ।

राष्ट्रपति पौडेलले २००७ सालको जनक्रान्ति र रेडियो नेपाल नेपालको इतिहासमा दुई जुम्ल्याहा घटना भएको बताउँदै २००७ सालको जनक्रान्तिको युगान्तकारी सन्देशलाई गाउँ–गाउँ र जनजनमा पु¥याउन रेडियो नेपालले महत्वपूर्ण भूमिका निर्वाह गरेको स्मरण गराउनुभयो । उहाँले रेडियो नेपालका संस्थापक तारिणीप्रसाद कोइरालाको योगदानको स्मरण गर्दै आजका दिन रेडियो नेपाल हुनुमा कोइरालाको लोकतान्त्रिक चेत र मूल्यमान्यता यसको मुख्य कारण भएको बताए । राष्ट्रपति पौडेलले रेडियो नेपाल सार्वजनिक सेवा प्रसारण संस्थामा रूपान्तरण भएको थाहा पाउँदा आफूलाई खुशी लागेको बताउदै सार्वजनिक सेवा प्रसारणको मर्म, भावना र उद्देश्यअनुसार यसले आगामी दिनमा प्रभावकारी तवरले काम गर्नुपर्ने चुनौती पनि कायमै रहेकोसमेत जनाएका छन ।

‘स्वतन्त्र, स्वायत्त संस्थाका रुपमा सार्वजनिक प्रसारण माध्यमको विकास भएको हो । त्यसैले, लोकतान्त्रिक मूल्य मान्यता, स्वतन्त्र व्यावसायिक पत्रकारिताको धर्म अनुरुप स्वच्छ, निष्पक्ष र जनताप्रति उत्तरदायी भएर नागरिकलाई सुसूचित गर्न सार्वजनिक सेवा प्रसारणका सम्बन्धमा विश्वले स्वीकारेका आधारभूत मान्यतालाई आत्मसात गर्ने मैले विश्वास लिएको छु,’ उनले भने । राष्ट्रपति पौडेलले इण्टरनेट र सूचनाप्रविधिको विकासले समाचारको विषयवस्तु, सञ्चारमाध्यम र सूचना सम्प्रेषणमा आएको परिवर्तन उल्लेखनीय रहेको र प्रविधिको विकाससँगै सामाजिक सञ्जाल र प्रसारणका अनेक माध्यम भित्रिएको उल्लेख गर्दै जसले नागरिक पत्रकारिताको पक्ष पनि उत्तिकै सबल बनेको बताए ।

उनले भने, ‘यस्तो अवस्थामा सहजै उपलब्ध प्रविधिको दुरुपयोग गरेर भ्रम, मिथ्या एवम् संशयपूर्ण सूचना सम्प्रेषणबाट जनतालाई दिग्भ्रमित पार्न सक्ने खतराबाट जोगाउनु जिम्मेवार आमसञ्चार माध्यमको दायित्व हो ।’ कार्यक्रममा बरिष्ठ संगितकारहरू रत्नकुमारी गुरूङ, रत्न बेहोशी, मोहनप्रसाद जोशीलाई सम्मान गर्नुभएको थियो । साथै, गायक रामकृष्ण दुवाल र नन्दकृष्ण जोशीलाई राष्ट्रिय स्रष्टा सम्मान प्रदान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?