ट्रेंडिंग:

>> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी

पूर्व राजा ज्ञानेन्द्र मुलुकमा उत्पात मच्याएर सत्ता हत्याउन चाहन्छन्ः गगन थापा

२० चैत्र २०८१, बुधबार
२० चैत्र २०८१, बुधबार

बुटवल, २० चैत ।

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पूर्वराजा ज्ञानेन्द्रले मुलुकमा भाँडभैलो, उत्पात मच्चाएर शासन–सत्ता हत्याउन चाहेको बताएका छन् ।

रुपन्देहीको कञ्चन गाउँपालिकामा आयोजित रुपन्देही क्षेत्र नम्बर ५ को तेस्रो क्षेत्रीय सम्मेलन उद्घाटन समारोहमा महामन्त्री थापाले काठमाडौंको तीनकुनेमा १५ चैतमा देखिएको घटनाले पूर्वराजाको नियत स्पष्ट पारेको बताएका हुन् ।

‘पूर्वराजा ज्ञानेन्द्र शाह नेपालमा उत्पात मच्चाएर, भाँडभैलो गरेर सत्ताकब्जा गर्न चाहनुहुन्छ । आफ्नो हातमा शासन सत्ता लिएर चलाउन चाहनुहुन्छ । यसमा लुकेको केही छैन,’ उनले भने, ‘तर उहाँको चाहना पूरा हुँदैन ।’

नेपालको राजतन्त्र बेलायतको जस्तो मर्यादित भएर बस्न नसक्ने पटकपटक पुष्टि भएको बताएका महामन्त्री थापाले कि राजाको शासन, कि जनताको शासन रोज्नु पर्ने अवस्थामा नेपाली कांग्रेसले जनताको शासन रोजेको स्पष्ट पारे ।

‘यहाँको राजसंस्था बेलायतको जस्तो होइन रहेछ, संवैधानिक भएर बस्न पटकपटक मौका दिँदा पनि यहाँका राजाहरूले शासन हातमा लिइरहे । त्यसपछि हामीसँग दुई विकल्प थिए, राजाको शासन, कि जनताको,’ थापाले भने, ‘अनुभव, विवेक र ज्ञानको आधारमा नेपाली कांग्रेसले अधिवेशनबाटै संवैधानिक राजतन्त्र भन्ने विधानमा रहेको व्यवस्था बदलेर गणतन्त्र लेखेको हो ।’

बीपी, गणेशमानदेखि गिरिजाप्रसाद कोइराला र शेरबहादुर देउवासम्मलाई राजाले पटकपटक दुःख दिएको उनको भनाइ थियो ।

‘राजा त्रिभुवन नेपाल छाडेर भारत जाँदा बीपीले त्यतै छोडेर आउन पनि सक्नु हुन्थ्यो । तर, उहाँ त्रिभुवनलाई लिएर आउनु भयो । राजा महेन्द्रले २०१७ सालमा ‘सैनिक कू’ गर्दै जननिर्वाचित प्रधानमन्त्रीलाई आठ वर्ष जेल हाले । बीपी र गणेशमानले जति नै दुःख पाए पनि हामी संवैधानिक राजतन्त्र चाहन्छौं भनिरहनुभयो,’ विगत सम्झँदै थापाले भने, ‘दरबार हत्याकाण्डपछि ढुंगामुढा खाएर घाउचोट सहेर गिरिजाप्रसाद कोइरालाले ज्ञानेन्द्रलाई राजगद्दीमा बसाएकै हो । तर, उनी संवैधानिक बस्न तयार भएनन् र माघ १९ को कदम चाले ।’

माघ १९ को कदम चाल्नु अघिल्लो दिन शेरबहादुर देउवाले राजालाई भेटेर अरु जे गरे पनि प्रजातन्त्र नमास्न आग्रह गरेको चर्चा गर्दै थापाले भने, ‘भोलिपल्टै तिनै राजाले देउवालाई नै जेल हाले ।’

कलिलो उमेरमा आफू पनि राजातन्त्रको समर्थक रहेको भन्दै थापाले भने, ‘दरबार हत्याकाण्डमा राजा वीरेन्द्र मारिँदा १३ दिनसम्म यो कपाल खौरिएर पशुपतिको पारिपट्टी दिनभर बसेर फर्किन्थें । अभिभावक गुमाएकोजस्तो लाग्थ्यो,’ राजतन्त्रले दिएका दुःख सम्झँदै उनले भने, ‘मलाई पहिलोपटक राजद्रोहको मुद्दा लागेपछि अदालतमा संविधान मान्छु, राजतन्त्र मान्छु भनेर बयान दिएको थिएँ । तर, दोस्रोपटक पनि राजद्रोहको मुद्दा लगाएपछि संविधान मान्दिनँ, राजतन्त्र मान्दिनँ भनेर बयान दिएँ । कलिलो उमेर थियो । तर, एक, दुई वर्षको अन्तरालमै जे अनुभव गरियो, त्यसले अब राजा बोक्न सकिँदैन भन्ने स्पष्ट बनायो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?