ट्रेंडिंग:

>> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु

‘सुशासनको नारा एकातिर काम अर्काेतिर’

१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

शान्ति सुरक्षा मिलाउने तथा नेपाल भारत सिमावर्ती क्षेत्रमा चोरी पैठारी नियन्त्रणमा संलग्न प्रहरी नै रूपन्देहीमा अख्तियारको फन्दामा परेको सुन्दा पत्याउन गाह्रै पर्दछ । तर, यथार्थ यही हो कि पछिल्लोसमय नेपाल प्रहरी र सशस्त्र प्रहरी समेत यस प्रकारका अनियमितताका घटनामा मुछिएको सार्वजनिक भैरहेको छ । यो अत्यन्त चिन्ताको कुरा हो । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले रूपन्देहीका एक प्रहरी नायब निरीक्षक (सई) लाई गत साता नियन्त्रणमा लियो । सई सेवाग्राहीबाट ३० हजार घुस लिइसकेको अवस्थामा रकमसहित पक्राउ परेका हुन । भन्सार छली अवैधरूपमा घरायसी प्रयोजनका सामान ल्याउन सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस माग गरिरहेको अवस्थामा अख्तियारको टोलीले सईलाई नियन्त्रणमा लिएको थियो । यो एक प्रतिनिधिमूलक घटना हो । देशमा शान्ति सुरक्षाको जिम्मेवारी पाएको प्रहरी समेत यसरी अख्तियारको फन्दामा पर्नुले यो देशमा सादगीको कुरा कल्पना मात्रै हो कि भन्ने आशंका जन्मिएको छ । त्यसो त नेपाल यही अवस्थामा घुस, अनियमितता, ढिलासुस्ती, भ्रष्टाचार, दुराचार र कुशासनको देश हुने हो कि भन्ने चिन्ता सर्वत्र हुन थालेको छ । कुनै न कुनै काण्डमा कर्मचारी पक्राउ नपरेको दिन नै छैन । यसको अर्थ नेपालमा घुस काण्ड नभएको दिन नै छैन भन्दा अत्युक्ति हुँदैन । रूपन्देहीमा दुई बर्षअघि प्रमुख प्रशासकीय अधिकृत नै घुस लिदालिदै पक्राउ परे । त्यसअघि रूपन्देहीकै एक पालिकाका अध्यक्षको सम्पत्ति पाँच बर्षमा अस्वाभाविकरूपमा बृद्धि भएको भन्दै अख्तियारले छानवीन थाल्यो । उनी दोषी देखिए । रूपन्देहीकै अवस्था देशैभरी सर्वत्र छ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रत्येक दिन घुस खाने कर्मचारीमाथि मुद्दा दायर गरेको ग¥यै छ । यी घटनाले के स्पष्ट गरेको छ भने नेपाल बढी भ्रष्टाचार र अनियमितता हुने देशमा परेको त्यसै होइन । यी धेरै कारण छन– जसले नेपाललाई बदनाम गरिरहेका छन् । दुई महिना अघि ट्रान्सपरेन्सी इण्टरनेशनलले नेपाल विगतकै स्थितिमा अर्थात भ्रष्टाचार हुने प्रमुख मुलुकको सूचिमा परेको कुरा सार्वजनिक गरिसकेको छ । नेपालमा विगतमा भन्दा भ्रष्टाचार नियन्त्रणका नारा जोड जोडले उरालिएपनि भ्रष्टाचार नियन्त्रणभन्दा पनि संस्कारका रूपमा गडेर वसेको प्रतीत भएको छ । आर्थिक सामाजिक विकासको प्रमुख बाधकका रूपमा रहेको भ्रष्टाचार नेपालमा कम नभएको समाचारले सवैलाई चिन्तित वनाउनु स्वाभाविक हो । यही सन्दर्भमा भ्रष्टाचार नियन्त्रण गर्ने हो भने न्यूनिकरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकता दिनु जरूरी छ । भ्रष्टाचार यही रफ्तारमा बढ्ने हो भने निश्चितरूपमा गणतन्त्र नेपालको बदनामी बाहेक केही हुँदैन । यस प्रकारका घटनाक्रमले गणतान्त्रिक व्यवस्थामाथि पनि असर पु¥याउने कुरामा दुई मत छैन् ।

मुलुकमा भ्रष्टाचारका घटना बढेको सुन्दा आम नेपालीजनलाई आश्चर्य लाग्नु अस्वाभाविक होइन । भ्रष्टाचारजन्य कृयाकलाप सुशासन प्रवद्र्धनका क्षेत्रमा ठूलो बाधक हो । अवको दिनमा मुलुकलाई सुशासनतर्फ डो¥याउने हो भने यस प्रकारका घटना नियन्त्रणमा सम्वन्धित निकायको ध्यान जाओस् । प्रधानमन्त्री केपी शर्मा ओलीले सुशासनको पक्षमा सरकारको प्रतिवद्धता जनाउनु भएको छ तर यतिले मात्रै पुग्दैन भ्रष्टाचारमा सरकारको शून्य सहनशीलताको नारा कठोर रूपमा कार्यान्वयन हुनु जरुरी छ । भ्रष्टाचारको समूल नष्ट गर्न त्यसको हाँगाँविगाँ काटेरमात्रै हुँदैन, जबसम्म जरो निमिट्यान्न पार्न सकिदैन, तबसम्म यो रोग कहिल्यै निको हुँदैन । तसर्थ सरकारको सुशासनको नारा केलव नारामा मात्रै होइन, यथार्थमा नेपाली जनताले बोध हुने गरी प्रकट हुनुपर्दछ । अनियमितता एवं भ्रष्टाचार नियन्त्रण हुनुको साटो मौलाउनुमा राज्यको वेवास्ता र राजनीतिक दलहरूको भ्रष्टाचारप्रतिको मौनता हो । नेपाललाई भ्रष्टाचारबाट मुक्त गराउन सामूहिक प्रयासको खाँचो छ । सरकारले सुशासनको नारा दिएरमात्रै पुग्दैन, जनताले सुशासनको अनुभूति गर्ने अवस्थाको सिर्जना होस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?