ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा आत्मरक्षा तालिम सम्पन्न

१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

बुटवल, १९ चैत ।

लायन्स क्लब अफ बुटवल सयपत्रीको आयोजनामा देवदह नगरपालिकाको आर्थिक सहयोगमा देवदहका चार सामुदायिक विद्यालयका ७० जना किशोरीहरूलाई दुई दिने आत्मरक्षा तालिम प्रदान गरिएको छ ।

कार्यक्रम क्लबका अध्यक्ष कमला बस्नेत कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो । डिष्ट्रिक्ट ३२५ पीका गभर्नर पुरुषोत्तम भक्त प्रधानाङ्गले कार्यक्रमको उदघाटन गरेका थिए । कार्यक्रममा देवदह नगरपालिका वडा नं. ५ का वडाध्यक्ष गणेश डुम्रेको पनि उपस्थिति रहेको थियो ।

केरवानी माविका अध्यक्ष विरेन्द्र पाण्डे, प्रिन्सिपल निर्मल ढुंगाना, प्रमुख प्रशिक्षक नवराज खरेल, सहप्रशिक्षक भीम ज्ञवाली, क्लबका संस्थापक अध्यक्ष प्रतिभा श्रेष्ठ, प्रथम उपाध्यक्ष एली क्षेत्री, कोषाध्यक्ष माया खड्का लगायतको पनि कार्यक्रममा उपस्थिति रहेको थियो। कार्यक्रम संयोजक शान्ती नेपाल रहेकी थिइन् ।

कार्यक्रममा बोल्दै क्लबकी अध्यक्ष कमला बस्नेत कुँवरले किशोरीहरूलाई आत्मरक्षा गर्न सक्षम बनाउन यो तालिम आवश्यक रहेको बताइन्। उनले आत्मरक्षा केवल हातहतियारको प्रयोगबाट मात्र नभई बोल्ने शैली, आवाज र हाउभाउको सही प्रयोगले पनि गर्न सकिन्छ भन्ने बुझाउन तालिम आयोजना गरिएको उल्लेख गरिन्।

लायन्स क्लब अफ बुटवल सयपत्रीले यसअघि पनि महिलाका लागि विभिन्न उद्यमशीलता तथा सशक्तीकरण कार्यक्रम सञ्चालन गरिसकेको र आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष बस्नेतले बताइन्। कार्यक्रममा क्लबकी सचिव शान्ती नेपालले पनि आफ्नो धारणा राखेकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?