Butwal Today

काठमाडौँको तीनकुनेमा राजावादी प्रदर्शनमा संलग्न थप २० जना पक्राउ

१९ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

काठमाडौँको तीनकुनेमा गत चैत १५ मा भएको राजावादी प्रदर्शनमा संलग्न भएको आरोपमा थप २० जनालाई पक्राउ गरिएको छ। जिल्ला प्रहरी परिसर काठमाडौँको टोलीले अपराधजन्य घटनामा संलग्न भएको आरोपमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्ने व्यक्तिहरूमा कुमार बस्नेत, अनिकलकुमार थापा, तारानाथ बोहरा, देवेन्द्रप्रसाद श्रेष्ठ, लोकबहादुर बस्नेत, आशिक राई, दानबहादुर राई, बिजु नेपाल, उमेश तामाङ, भानुभक्त पौडेल, सरिता केसी, सीतादेवी राई, रवि रञ्जन कुमार सिंह, आशिककुमार महतो, प्रेमकुमार सिंह, राधेश्याम यादव, वरण यादव, योविन्द राय, लक्ष्मी सुनार र विष्णुजंग बस्नेत छन्।

प्रहरीका अनुसार, पक्राउ परेकाहरूलाई म्याद थपका लागि आज अदालतमा उपस्थित गराइने छ। यसअघि, राप्रपाका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र, महामन्त्री धवलशमशेर राणा सहित ४१ जनालाई म्याद थप गरेर अनुसन्धान भइरहेको छ। प्रहरीले अन्य युनिटमार्फत थप व्यक्तिहरूलाई पनि पक्राउ गरेको जनाएको छ र उनीहरूको म्याद थपको लागि अदालतमा पेश गरिनेछ।