Butwal Today

सुनको भाउ बढेको बढ्यै, पुग्यो तोलाकै १ लाख ८० हजार नजिक

१९ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १९ चैत ।

पछिल्लो समय सुनको भाउ बढेको बढ्यै छ ।

जसअनुसार आज पनि भाउ बढेर १ लाख ७९ हजार ७०० रूपैयाँ कायम भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य १ हजार ८ सय रूपैयाँ बृद्दी भएर यस कीर्तिमानी बिन्दुमा पुगेको हो ।

हिजो छापावाल सुनको मूल्य १ लाख ७७ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

तर, चाँदीको मूल्य भने आज स्थिर रहेको छ । सोमबार तोलामा २ हजार ३५ रुपैयाँ कायम भएको चाँदीको मंगलबार पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।