Butwal Today

दिपक बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षतिः लिङदेन

१९ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, १९ चैत ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले बरिष्ठ नेता दिपक बोहोराको निधनले स्तब्ध भएको बताएका छन् ।प्रतिनिधिसभा सदस्य बोहोराको निधनले राप्रपा र राष्ट्रबादी आन्दोलनमा अपुरणीय क्षति भएको पनि लिङदेनले जनाएका छन् ।

‘राप्रपाका वरिष्ठ नेता एवं प्रतिनिधिसभा सदस्य दिपक बोहराको निधनमा स्तब्ध र दुःखी भएको छु,’ उनले भनेका छन, ‘उहाँको निधनबाट राप्रपा र नेपाली राष्ट्रवादी आन्दोलनलाई गम्भीर क्षति पुगेको छ।’

दिवंगत आत्माको चिर शान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गरेका लिङदेनले भने, ‘अल बिदा दिपक दाई, हामी सदैव सम्झनेछौं ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?