Butwal Today

राप्रपाका सांसद दीपक बोहराको निधन

१९ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौँ ।

राप्रपाका सांसद दीपक बोहोराको निधन भएको छ। राप्रपाका वरिष्ठ नेता एवं पूर्वमन्त्री बोहराको उपचारको क्रममा काठमाडौँको ओम अस्पतालमा निधन भएको उनका स्वकीय सचिव तारामणि चन्दले जानकारी दिए।

बोहोरा गएको संघीय निर्वाचनमा रुपन्देहीबाट निर्वाचित भएका थिए। रुपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित उनले ०७९ काे निर्वाचनमा नेपाली कांग्रेसका उम्मेदवार तथा तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणलाई पराजित गरेका थिए ।