ट्रेंडिंग:

>> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि >> मलेखु–मुग्लिङ सडकखण्डमा २ बस एक आपसमा ठोक्किए >> लुम्बिनी निर्माण व्यवसायी संघले १८औँ निर्माण दिवस सामाजिक सेवासहित मनाउँदै >> गुल्मीमा यस वर्ष सुन्तला उत्पादनमा कमी >> एनसेल फाउन्डेसनले एनपीएलका चौका बापत दुई हजार बढी शैक्षिक सामग्री वितरण गर्ने >> देशकै नमुना तीन मुखे पुल हस्तान्तरण नै भएन >> ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकको मृत्यु  >> बाँके र बर्दियालाई टुक्राउने षड्यन्त्रविरुद्ध थारु युवाहरु एकजुट >> क्यानका महानिर्देशक अधिकारीको भ्रष्टाचार मुद्दामा थुनछेक बहस >> प्रदीप ज्ञवाली भन्छन् : देश जलाउनेलाई नो भनौँ >> प्रत्यक्षतर्फ उम्मेदवार बन्न रास्वपाले तोक्यो २५ हजार शुल्क >> मधेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले गरे शपथ ग्रहण >> खजुरीको पफ बजारबाट फिर्ता लिन विभागको निर्देशन, ट्रान्स फ्याट मात्रा उच्च >> जसपा लुम्बिनी प्रदेशको नेतृत्वमा पठान >> मधेसका नवनियुक्त मुख्यमन्त्री यादवले शपथ लिँदै >> कोल्याटर बेचेर फाइदा उठाउने प्रवृत्ति करप्सन हो : गभर्नर पौडेल >> हेटौंडा बजार क्षेत्रमा ५ सयभन्दा बढी घर भत्काइयो >> सुनको मूल्य २०० रुपैयाँले घट्यो, चाँदीको कति ? >> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी

भारतको पटना गएका निजगढका व्यवसायी टंकराज उप्रेतीको अवस्था अझै अज्ञात

१९ चैत्र २०८१, मंगलवार
१९ चैत्र २०८१, मंगलवार

बारा, १९ चैत । 

मोबाइल फोनमा आएको शंकास्पद सन्देशले बाराको निजगढ नगरपालिका–७ का एक परिवार यतिबेला शोकमा डुबेको छ । व्यवसायिक कामको क्रममा भारतको पटना जान्छु भनेर शनिवार दिउसो १२.३० बजे घरबाट निस्किएका निजगढ नगरपालिका– ७ नगरपालिका रोडका बस्ने टंकराज उप्रेती (दिपक)ले चलाउने भारतीय सिमको मोबाइलबाट श्रीमती कल्पनाको ह्वाट्सअप म्यासेन्जरमा सोही रात ११.४५ बजे आएको शंकास्पद र दुःखद सन्देशले परिवार शोकमा डुबेको हो ।

उप्रेतीकी श्रीमती कल्पनालाई उद्धृत गर्दै ईलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुश्वाहाले दिएको जानकारी अनुसार म्यासेजमा उप्रेतीलाई आसामको बोरो आदिवासीको ‘बोरो ब्रदर्स एन्ड मर्डर’ नामको समूहले साईनाईड नामक ग्याँस सुँघाएर हत्या गरिएको बताइएको छ ।  हत्याबापत उनीहरुले २० हजार अमेरिकी डलर लिएको पनि म्यासेजमा उल्लेख छ । म्यासेजमा उप्रेतीको शव हाल जयगाउँस्थित टिष्टा नदिको अगाडी भुटानको बोर्डर छेउको एउटा कोठामा राखिएको र ३ दिनपछि शवसहित, ब्याग र कपडा नेपाल पार्सल गरिदिने पनि उल्लेख छ ।

प्रहरी निरीक्षक कुशवाहाले कल्पनालाई राति आएको म्यासेजको पुष्टि भइनसकेको र यसबारेमा थप अनुसन्धान भइरहेको बताएका छन । उनले भारतीय सिमबाट म्यासेज आएकोले सोको बारेमा भारतीय प्रहरीमार्फत अनुसन्धान कार्य गरिने बताए । निरीक्षक कुशवाहाका अनुसार यसअघि शनिबार साँझ श्रीमती कल्पनाले गरेको फोन रिसिभ नभएपछि सोही सिमबाट ‘मलाई फोन नगर केहीबेर पछि म आफै म्यासेज गर्छु’ भनेर उप्रेतीले म्यासेज पठाईएको थियो तर लामो समयसम्म पनि कुनै सन्देश नआएपछि कल्पनाले ह्वाट्सअपमा दोस्रो पटक म्यासेज गर्दा उताबाट अर्कै मान्छेले लेखेको जस्तो लाग्ने गरी ‘उसलाई म्यासेज नगर’ भनेर उत्तर पठाइएको र त्यसपछि हिन्दी भाषामा हत्या गरिएको भन्ने अपुष्ट विवरणसहितको लामो सन्देश आएको पाइएको निरीक्षक कुशवाहाले जानकारी दिए ।

उप्रेतीले पुराना गाडी किनबेच गर्ने व्यवसाय गर्दै आएको पारिवारिक स्रोतबाट खुलेको प्रहरीले जनाएको छ । व्यवसायको क्रममा भारत सिलगुडीका एकजनासंग लिनुपर्ने रकम लिन भनेर उप्रेती शनिवार दिउसो पटनातर्फ गएका थिए । ती व्यवसायीले नै उप्रेतीलाई पटना बोलाएको बताइएको छ । यसैबीच जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सन्तोष लामाले उप्रेती परिवारसंग भेट गरेका छन । उनले भारतीय प्रहरीको सहयोगमा उप्रेतीले प्रयोग गरेको मोबाइल फोनको लोकेशन ट्रेस गर्न नेपाल प्रहरीले आवश्यक सहयोग उपलब्ध गराउने बताए ।यसैबीच सोमबार बिहान ८.१४ बजे पुन दिपकले प्रयोग गर्ने भारतीय सिमको मोबाइलबाट श्रीमती कल्पनाको मोबाइलमा अर्को शंकास्पद र सन्देहात्मक म्यासेज आएको जनाइएको छ । म्यासेजमा ‘घटना जे भयो सकियो, यसबारेमा थप खोजबिन गरे कसैलाई पनि राम्रो हुदैन’ भनेर धम्काइएको प्रहरीले बताएको छ ।

शनिबार राती ११.४५ बजे आएको शंकास्पद र दुःखद सन्देशले शोकमा डुबेको उप्रेती परिवार पछिल्लो म्यासेजले थप चिन्तामा परेको छ । नेपाल प्रहरीको समन्वयमा उप्रेतीको अवस्था बारेमा अनुसन्धान गरिरहेको भारतीय प्रहरीले उनले प्रयोग गर्ने मोबाइलको लोकेशन पत्ता लगाउने प्रयास गरिरहेको छ । भारतीय प्रहरीले बारा प्रहरीमा दिएको जनकारीअनुसार उप्रेतीले प्रयोग गर्ने मोबाइलको लोकेशन आइतवार बिहान मोतिहारी र राति उत्तरप्रदेशमा देखिएको प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक कुशवाहाले श्रीमती कल्पनालाई आएको म्यासेजको सत्यताबारे पुष्टि भइनसकेको र यसबारेमा भारतीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताए ।

यता जिल्ला प्रहरी कार्यालय बाराको समन्वयमा उप्रेतीको अवस्था पत्ता लगाउन भनेर भारतको मोतिहारी तर्फ गएका आफन्तहरुले कुनै सूचना दिन नसकेको निजगढ प्रहरीले जनाएको छ । भारतमा सोमबार इद पर्वको बिदा परेकोले प्रहरीमार्फत खोजबिनको लागि मोतिहारीतर्फ गएका आफन्तहरुले थप सूचना प्राप्त गर्न नसकेको इलाका प्रहरी कार्यालय निजगढका प्रहरी निरीक्षक सुमित कुशवाहाले जानकारी दिए । दिपकले प्रयोग गर्ने भारतीय सिमको मोबाइलबाट शनिवार राति शंकास्पद र अपुष्ट म्यासेज आएपछि खोजीको लागि २ जना आफन्त आईतबार बिहान भारततर्फ गएका हुन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?