Butwal Today

राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन होइन : प्रधानमन्त्री

१८ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाण्डाै ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रसेवक कर्मचारीको गुणदोष टिप्पणी गर्ने स्थान सदन नभएको स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले भने, “सामान्यत: विभागीय मन्त्रीहरूले कर्मचारीसँग सम्बन्धित निर्णयहरू लिने काम गर्छन्, जसमा कर्मचारीको सरुवा, जगेडामा राख्ने, स्पष्टीकरण माग्ने, चेतावनी दिने, र पदमुक्त गर्ने सम्मका कार्यहरू पर्छन्।” उनले कुलमान घिसिङको बर्खास्तीको प्रकरण अदालतमा प्रवेश गरिसकेको बताउँदै अब यस विषयमा थप टिप्पणी नगर्ने पनि जनाएका छन् ।