Butwal Today

रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती : “मलाई जिउँदै छाड्नु नै मेरो जित हो”

१८ चैत्र २०८१, सोमबार
अ+
अ-

काठमाडौं ।

रास्वपाका सभापति रवि लामिछानेले दुई तिहाइको सरकारलाई चुनौती दिँदै भने, “तिमीहरूको दुई तिहाइको सरकारले मलाई जिउँदै छाड्नु नै मेरो जित हो।” पार्टी कार्यालय बनस्थलीमा आयोजित केन्द्रीय समिति बैठकअघि समर्थक र पत्रकारहरूसँग सम्बोधन गर्दै उनले आफूलाई कुनै पनि परिस्थितिमा हार नस्वीकार गर्ने दृढता व्यक्त गरे।

उनले थपे, “शरीरमा एक थोपा रगत रहुन्जेलसम्म म लुटतन्त्रको विरोधमा उभिनेछु।” लामिछानेले करिब पाँच महिना पहिले सरकारले आफूविरुद्ध झुटा मुद्दा लगाएर पार्टी कार्यालयबाटै उठाएर लगेको घटनालाई सम्झाउँदै भने, “षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन। तर, मैले कुनै दिन पनि हार मानेको थिएन र मान्ने छैन।”

उनले आफ्नो संघर्षलाई निरन्तरता दिने कुरा पनि उल्लेख गर्दै, “सत्यको पक्षमा म जस्तोसुकै जुनसुकै सामाना गर्न पनि तयार छु,” भने। लामिछानेले आफ्नो फसाउने प्रयासमा सरकारले सबै शक्ति खर्च गरेको कुरा पनि उठाए।