ट्रेंडिंग:

>> एडीबीले नेपाललाई १४ अर्ब ५९ करोड रुपैयाँ बराबर सहुलियतपूर्ण ऋण दिने >> यू–१९ एशिया कप : अफगानिस्तानविरुद्ध नेपाल १ सय २४ रनमा अलआउट >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको बेवास्ताका कारण ओझेलमा  >> बुटवलमा १६औँ औद्योगिक प्रदर्शनीको पूर्वसन्ध्यामा जनचेतना -याली (फोटोफिचर) >> भेरी अस्पतालको गम्भीर लापरबाहीः मृत घोषणा गरिएको नवजात शिशु अन्त्येष्टिमा जीवित >> एमाले निर्वाचन : ४१५ मत खस्यो (अपडेट) >> देवराज लामालाई श्रम संस्कृति पार्टीले गर्‍यो निलम्बन >> चिरिबाबु महर्जन भन्छन् : जेनजीहरुले स्वर परिवर्तन गर्न थाले >> श्रमिकको योगदानबिना कुनै पनि विकास सम्भव छैन : केसी >> नयाँ जनभावनाअनुसारको सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छु : प्रधानमन्त्री कार्की >> प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसको रिटमा संवैधानिक इजलासमा सुनुवाइ हुँदै >> एमाले निर्वाचन नतिजा आजै राति सार्वजनिक हुन्छ : गौतम >> सुनको मूल्य घट्यो, चाँदी भने हालसम्मकै उच्च >> यू–१९ एसिया कप : अफगानिस्तानविरुद्ध नेपालको कमजोर सुरुवात >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको सुनुवाइ स्थगित >> एमाले निर्वाचन : अहिलेसम्म ३८० मत खस्यो, नतिजा आजै >> लामिछानेविरुद्ध राहदानी दुरुपयोगसम्बन्धी मुद्दाको पेसी आज >> अध्यक्षका दुवै र महासचिवका एक उम्मेदवारले हाले मत >> निर्वाचनको वातावरण बनाऊ  >> हुस्सु-कुहिरोले पश्चिम तराईको हवाई सेवा प्रभावित, भैरहवाको भिजिबिलिटी १०० मिटर मात्रै >> मन्दिरको भेटी दैनिक सार्वजनिक गर्न मेयरको निर्देशन  >> उम्मेदवारले घरदैलो गर्दा २५ जनाभन्दा धेरै कार्यकर्ता लान नपाउने, झण्डा १० वटा मात्रै प्रयोग गर्नुपर्ने >> १२ पास गरेर विवाह गर्ने छोरीलाई बिहे खर्च  !  >> २०८३ को पञ्चाङ्ग पहिलेकै अनुरूप निकाल्ने निर्णय >> एमालेको नयाँ नेतृत्व चयन गर्न आज चुनाव >> १६औँ कपिलवस्तु महोत्सव पुर्वमन्त्री आचार्यबाट समापन >> देउखुरीको राप्ती नदीमा जलपंक्षी गणना सुरु >> समृद्धि पन्तले जितिन् १४औं कपिलवस्तु डान्स आइडलको उपाधि >> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद

कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल

१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

नेपालगञ्ज, १८ चैत ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश र स्थानीय सरकारले बनाएका कानूनको तालमेल मिलाउन नसके कार्यान्वयनमा कठिनाई हुने बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा आइतबार बाँकेको राप्ती सोनारीमा आयोजित पत्रकार सम्मेलनमा उनले संघिय साशन प्रणाली कार्यान्वयनकालागि संघीय ऐन तथा प्रदेश र स्थानीय सरकारको कानून मिल्नु पर्ने बताएका हुन् । जसकालागि लुम्बिनी प्रदेशले स्थानीय तहबीच कानून निर्माण तथा सञ्चालनसम्बन्धी अन्तरक्रिया जारी राखेको जानकारी दिए । उनले कानूनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानून निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गर्दै आएको बताए ।

कानून निर्माणमा स्थानीय सरकारलाई जोड्न गत बर्ष लुम्विनी प्रदेशका शहरी क्षेत्रका पालिकामा कार्यक्रम गरिएएको जानकारी दिँदै उनले यस बर्ष ग्रामिण पालिकाहरुमा गएर व्यवहारीक अभ्यास थालिएको बताए । उनले भने ‘अहिले सम्म स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई मात्र टेकेर कानून बनाईरहेका छन्, प्रदेश सरकाले बनाईदिएको थुप्रै कानूनको बारेमा धेरै स्थानीय तहलाई जानकारी नै नरहेको पायौं ।’ प्रदेश सरकाले गाउँसभा, नगरसभा सञ्चालन ऐन २०७६ अनुसार बनाएका कानूनको बारेमा जानकारी गराउनको लागि पनि अहिले लुम्विनी प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाका एउटा पालिकामा यो कार्यक्रम गर्न थालेको बताए ।

बाँकेमा गत बर्ष नेपालगञ्ज उपमहानगरपालिकामा गरिएको प्रदेश सभासँग स्थानीय सभाको कानून निर्माण सम्बन्धी सहकार्य कार्यक्रम यस बर्ष राप्ती सोनारी गाउँपालिकामा गरिएको सभामुख घर्तीले बताए । यस कार्यक्रमबाट प्रदेश सरकार र स्थानीय सरकारबीच नजिकबाट परिचित हुने अवसर मिल्नुका साथै प्रदेश सरकारले बनाईदिएको कानून कार्यान्वयनमा स्थानीय सरकारलाई हुने समस्या पहिचान गर्न सहज भएको उनले बताए । संघीयता कार्यान्वयन गर्न प्रदेश संरचना नयाँ भएकाले पनि स्थानीय सरकारसँग समन्वय गरेर सबै जिल्लामा प्रदेश सभाले कार्यक्रम थालेको सभामुख घर्तीको भनाइ छ । पत्रकार सम्मेलन अघि लुम्बिनी प्रदेश सभा सचिवालयले बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्यहरु, राप्ती सोनारीका जनप्रतिनिधि तथा कर्मचारीहरुसँग कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी व्यवहारीक अभ्यास कार्यक्रम गरेको थियो । कार्यक्रममा बिधेयकको मस्यौदा तयार गरी विधेयक पेश गर्ने, बिधेयक माथिको व्यापक छलफल र विषयगत समितिमा दफावार छलफल पछि विषयगत समितीको मत सहित पुनः सभामा पेश गरेर सभाबाट पारित गराउने प्रक्रियाको अभ्यास समेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?