Butwal Today

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा मतदान जारी

१८ चैत्र २०८१, सोमबार
अ+
अ-

सुर्खेत,१८ चैत ।
मध्यपश्चिम विश्वविद्यालय (एमयु) को स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को चुनाव अन्तर्गत अहिले मतदान जारी छ । बिहान ७ बजेदेखि बेलुका ५ बजेसम्म मतदान गर्ने कार्यतालिका रहेपनि केही ढिलोगरी मतदान सुरु भएको थियो । ६ वर्षपछि हुन लागेको उक्त चुनावलाई राजनीतिक दलहरुले आफ्नो प्रतिष्ठाको विषय बनाएका छन् । लामो समयपछि विद्यार्थीहरू उत्साहका साथ मतदानमा सहभागी भएका छन् । यस्तै नेताहरू मतदान स्थलमै सहभागी भएर आ–आफ्नो उम्मेदवारका पक्षमा भोट हाल्न मतदातालाई प्रेरित गरिरहेका छन् । निर्वाचनका लागि ९ वटा विद्यार्थी सङ्घ/संगठन दर्ता भएका छन् ।

चार हजार तीन सय ८३ मतदाता सङ्ख्या रहेको विश्वविद्यालयमा १७ सदस्यीय कार्य समिति रहन्छ । स्ववियु निर्वाचन कार्यविधि अनुसार अध्यक्ष, सचिव र कोषाध्यक्ष गरी ३ पदाधिकारी र १४ जना सदस्य मतदाताबाट निर्वाचित हुन्छन् भने ७ जना सदस्य समानुपातिक पद्धतिबाट निर्वाचित हुने प्रावधान छ । दुबै प्रणालीबाट निर्वाचित १४ जना सदस्यहरूमध्येबाट कार्यसमितिले एक उपाध्यक्ष र एक सहसचिव चयन गर्ने व्यवस्था रहेको छ ।
कांग्रेस निकट नेविसंघबाट विवेक खड्का, एमाले निकट विद्यार्थी संगठन (अनेरास्ववियू) बाट जगतजंग शाही र माओवादी निकट अखिल (क्रान्तिकारी)बाट अध्यक्ष प्रकाश विक, अध्यक्ष पदको उम्मेदवार छन् । यस्तै स्वतन्त्रबाट मिलन बिसी उम्मेदवार छन् भने विप्लव निकट विद्यार्थी संगठनबाट चीनबहादुर सहकारी अध्यक्षका उम्मेदवार छन् । यस्तै विकल्प ओली राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठन, नेपाल क्रान्तिकारी विद्यार्थी संघबाट अस्मिता सुनार,अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (छैटौँ) बाट लेलिन रेग्मी, अध्यक्षका उम्मेदवार रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?