Butwal Today

प्रचण्डले कमल कोइरालालाई अन्तिम श्रद्धाञ्जली अर्पण गरे

१८ चैत्र २०८१, सोमबार
अ+
अ-

 काठमाडौं ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले वरिष्ठ पत्रकार र लेखक कमल कोइरालालाई श्रद्धाञ्जली अर्पण गरेका छन्। प्रचण्डले आज नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालय, सुविधानगरमा पुगेर कोइरालाप्रति आफ्नो श्रद्धा प्रकट गरे।

कमल कोइरालाको निधन आइतबार भएको थियो र उनका शवलाई श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादीको पार्टी कार्यालयमा राखिएको थियो। श्रद्धाञ्जली अर्पण गर्न प्रधानमन्त्री केपी शर्मा ओली लगायत विभिन्न पार्टीका नेताहरू पनि उपस्थित भएका थिए।

पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा कमल कोइराला सानै उमेरदेखि वामपन्थी राजनीतिमा संलग्न भएका थिए र राजदूतको पदमा पनि सेवा दिएका थिए। हालै उनी नेकपा एकीकृत समाजवादीमा सामेल भएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?