ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

गणतन्त्र पक्षधरको निष्कर्ष : ज्ञानेन्द्र व्यवस्था उल्ट्याउने गतिविधिमा लागे, कारबाही गर्नुपर्छ

१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

काठमाडौँ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको गणतन्त्र पक्षधरको सर्वदलीय बैठकले गणतन्त्र र संविधानको रक्षार्थ सबै एकजुट हुने निर्णय गरेको छ । बैठकपछि गृहमन्त्री रमेश लेखकले बैठकमा सहभागी सबै दल संविधान र गणतन्त्रको पक्षमा एकमत हुने निर्णय गरेको बताए ।

व्यवस्थाको रक्षा गर्दै यसैमार्फत नागरिकलाई थप सेवा प्रवाह गर्नुपर्छ भन्ने बैठकको निष्कर्ष रहेको मन्त्री लेखकको भनाइ छ ।  ‘अहिलेको व्यवस्था उल्ट्याउने र संविधानलाई नै समाप्त पार्ने गतिविधिको मुख्य जिम्मेवार पूर्व राजा ज्ञानेन्द्र हुन् भन्ने कुरामा सबै दलको एकमत रहेको छ,’ बैठकपछि मन्त्री लेखकले भने, ‘फागुन ७ र पछिल्लो चैत १५ गतेका दिन आततायी प्रकृतिका आक्रमणका घटना भएका छन् । यस्ता आपराधिक कार्यप्रति भर्त्सना गर्दै त्यसमा संलग्नलाई कडा कारबाही गर्नुपर्छ भन्नेमा पनि सबै एकमत भएका छौँ ।’

मन्त्री लेखकले संविधान र व्यवस्था विरोधी कुनै पनि गतिविधि नसहने र कारबाही हुने मन्त्री लेखकको भनाइ छ । बैठकमा अहिलेको समग्र परिस्थितिका बारेमा प्रधानमन्त्री केपी ओलीले ब्रिफिङ गरेका थिए ।

माओवादी नेता शक्ति बस्नेतले चैत १५ गते भएको तीनकुने आसपासमा भएका घटनाको सूक्ष्म अध्ययन गरेर अराजक, गैरकानुनी र अमानवीय घटनामा संलग्नलाई कारबाही गर्नुपर्ने धारणा माओवादीका तर्फबाट राखेको बताए ।

उनले संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध भइरहेका गतिविधिविरुद्ध भण्डाफोर गर्ने, जनतालाई जागरूक बनाउन सहकार्य गर्ने र व्यवस्थाविरुद्ध भइरहेका अराजक गतिविधिको कानुनी निरूपणको बाटो खोज्ने सरकारको तयारीलाई साथ दिने बताए ।

‘समग्र परिस्थितिका बारेमा सरकार र राजनीतिक दलहरूको तर्फबाट जनताको भावनामा चोट पुग्ने खालका जे काम कारबाहीप्रति राजनीतिक दलहरूले गम्भीर समीक्षा गर्नुपर्छ, सुधारको प्रतिबद्धता जाहेर गर्ने र सरकारले अझ बढी जिम्मेवार भएर कमजोरी पनि सच्चाउँदै अघि बढ्नुपर्छ’, बस्नेतको भनाइ छ ।

बैठकमा प्रधानमन्त्री ओलीसहित कांग्रेस सभापति शेरबहादुर देउवा, नेता कृष्ण सिटौला, माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, पम्फा भुसाल, शक्ति बस्नेत, पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराई, जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव, लोसपा अध्यक्ष महन्थ ठाकुर, जसपाका अध्यक्ष अशोक राई, जनमत पार्टी अध्यक्ष सीके राउत, जनमोर्चाका चित्रबहादुर केसीलगायत सहभागी थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?