ट्रेंडिंग:

>> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी

कानून निर्माण र कार्यान्वयनबारे लुम्बिनी प्रदेश सभाद्वारा बाँकेका जनप्रतिनिधिसँग छलफल

१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

नेपालगञ्ज, १८ चैत ।
लुम्बिनी प्रदेशका सभामुख तुलाराम घर्ती मगरले प्रदेश र स्थानीय सरकारले बनाएका कानूनको तालमेल मिलाउन नसके कार्यान्वयनमा कठिनाई हुने बताएका छन् । लुम्बिनी प्रदेश सभा सचिवालयद्वारा आइतबार बाँकेको राप्ती सोनारीमा आयोजित पत्रकार सम्मेलनमा उनले संघिय साशन प्रणाली कार्यान्वयनकालागि संघीय ऐन तथा प्रदेश र स्थानीय सरकारको कानून मिल्नु पर्ने बताएका हुन् । जसकालागि लुम्बिनी प्रदेशले स्थानीय तहबीच कानून निर्माण तथा सञ्चालनसम्बन्धी अन्तरक्रिया जारी राखेको जानकारी दिए । उनले कानूनी र संवैधानिक व्यवस्थाअनुसार स्थानीय तहसँग कानून निर्माणमा सहकार्य, समन्वय र सहजीकरण गर्दै आएको बताए ।

कानून निर्माणमा स्थानीय सरकारलाई जोड्न गत बर्ष लुम्विनी प्रदेशका शहरी क्षेत्रका पालिकामा कार्यक्रम गरिएएको जानकारी दिँदै उनले यस बर्ष ग्रामिण पालिकाहरुमा गएर व्यवहारीक अभ्यास थालिएको बताए । उनले भने ‘अहिले सम्म स्थानीय सरकारले स्थानीय सरकार सञ्चालन ऐन २०७४ लाई मात्र टेकेर कानून बनाईरहेका छन्, प्रदेश सरकाले बनाईदिएको थुप्रै कानूनको बारेमा धेरै स्थानीय तहलाई जानकारी नै नरहेको पायौं ।’ प्रदेश सरकाले गाउँसभा, नगरसभा सञ्चालन ऐन २०७६ अनुसार बनाएका कानूनको बारेमा जानकारी गराउनको लागि पनि अहिले लुम्विनी प्रदेश अन्तर्गतका प्रत्येक जिल्लाका एउटा पालिकामा यो कार्यक्रम गर्न थालेको बताए ।

बाँकेमा गत बर्ष नेपालगञ्ज उपमहानगरपालिकामा गरिएको प्रदेश सभासँग स्थानीय सभाको कानून निर्माण सम्बन्धी सहकार्य कार्यक्रम यस बर्ष राप्ती सोनारी गाउँपालिकामा गरिएको सभामुख घर्तीले बताए । यस कार्यक्रमबाट प्रदेश सरकार र स्थानीय सरकारबीच नजिकबाट परिचित हुने अवसर मिल्नुका साथै प्रदेश सरकारले बनाईदिएको कानून कार्यान्वयनमा स्थानीय सरकारलाई हुने समस्या पहिचान गर्न सहज भएको उनले बताए । संघीयता कार्यान्वयन गर्न प्रदेश संरचना नयाँ भएकाले पनि स्थानीय सरकारसँग समन्वय गरेर सबै जिल्लामा प्रदेश सभाले कार्यक्रम थालेको सभामुख घर्तीको भनाइ छ । पत्रकार सम्मेलन अघि लुम्बिनी प्रदेश सभा सचिवालयले बाँकेबाट निर्वाचित लुम्बिनी प्रदेश सभा सदस्यहरु, राप्ती सोनारीका जनप्रतिनिधि तथा कर्मचारीहरुसँग कानुन निर्माण तथा सभा सञ्चालन सम्बन्धी व्यवहारीक अभ्यास कार्यक्रम गरेको थियो । कार्यक्रममा बिधेयकको मस्यौदा तयार गरी विधेयक पेश गर्ने, बिधेयक माथिको व्यापक छलफल र विषयगत समितिमा दफावार छलफल पछि विषयगत समितीको मत सहित पुनः सभामा पेश गरेर सभाबाट पारित गराउने प्रक्रियाको अभ्यास समेत गराइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?