ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

कर्पोरेट फुटसल प्रतियोगिता सुरु, मिडिया कप आज

१८ चैत्र २०८१, सोमबार
१८ चैत्र २०८१, सोमबार

बुटवल, १८ चैत ।
नेपाल पत्रकार महासंघ रूपन्देहीले मिडियाकप फुटसल प्रतियोगिता आयोजना गरेको छ । महासंघले आफ्नो स्थापना दिवसको अवसरमा मिडियाकप फुटसल आयोजना गरेको हो । बुटवल देविनगरस्थित ग्रीनफिल्ड फुटसलमा आयोजित प्रतियोगिताको तिलोत्तमा नगरपालिकाका प्रमुख रामकृष्ण खाणले उद्घाटन गरेका हुन । प्रतियोगिता उद्घाटन गर्दै नगरप्रमुख खाणले पत्रकार महासंघले सामाजिक संघसंस्थाहरूलाई एकैस्थानमा जुटाउने जमर्को गरेको बताए । नेपालमा लोकतान्त्रिक गणतन्त्र स्थापनामा महत्वपूर्ण भूमिका निभाएको पत्रकार महासंघको भूमिका अहिलेको अवस्थामा झनै बढेको बताए । नगरप्रमुख खाणले गत शुक्रवार राजावादीहरूले काठमाडौंमा गरेको गतिविधि आन्दोलन मात्र नभई अराजकता र आतंकको नमुना भएको बताए ।

नगरप्रमुख खाणले पत्रकारहरू समाजको ऐना भएको उल्लेख गर्दै निस्पक्ष रूपमा सत्यतथ्य समाचार सम्प्रेषण गर्न आग्रह गरे । रूपन्देहीका व्यवसायीक संघसंस्था र मिडिया हाउसहरूका बीचमा अलग अलग आयोजना गरिएको प्रतियोगिता सोमबार सम्म चल्ने छ । सधै समाजका लागि कलम चलाउने श्रमजिवीहरू खेलकूदको माध्यमबाट जोडिनु सकारत्मक भएको उल्लेख गरे । बुटवल–११ देविनगरस्थित ग्रिनफिल्ड फुटसल एरिनामा जारी प्रतियोगिता अन्तरगत आइतबार समूहचरणसहित पहिलो सेमिफाइनल खेल सम्पन्न भएको छ । पहिलो सेमफाइनल आयोजक महासंघ रूपन्देहीलाई पराजित गर्दै ईन्जिनियर्स एसोसिएसन रूपन्देही फाइनल प्रवेश गरेको छ । उसले महासंघलाई ५–० गोल अन्तरले पराजित गर्दै फाइनल प्रवेश गरेको हो । यसैबीच अन्तिम सेमिफाइनल खेल सोमबार हुने प्रतियोगिताका संयोजक सुमन रश्मी श्रेष्ठले जानकारी दिए । सोमबार फाइनल प्रवेशका लागि शैक्षिक परामर्श संघ (इक्यान) रूपन्देही र शंकरनगर खानेपानी तथा सरसफाई उपभोक्ता समिति बीच हुने संयोजक श्रेष्ठले जानकारी दिए । कर्पोरेट कप अन्तरगत २२ वटा समुहको सहभागिता रहेको थियो ।

जारी प्रतियोगितामा सोमबार मिडिया कप फुटसल प्रतियोगिता सुरु हुने छ । उक्त प्रतियोगितामा रूपन्देहीका ९ वटा सञ्चारगृहको सहभागिता रहेको छ । आपसी सद्भाव तथा भातृत्व बिकासका लागि प्रतियोगिता आयोजना गरिएको पत्रकार महासंघ रूपन्देही अध्यक्ष दिनेश पाण्डेले जानकारी दिए । महासंघले आयोजना गरेको कर्पोरेट कप फुटसलमा विजेताले नगद २५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले नगद राशी १५ हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी मिडिया कपतर्फ विजेताले १७ हजार ७७७ र उप विजेताले ७ हजार ७७७ रूपैयाँ नगद राशीसहित कप मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

दुबै इभेन्टमा विधागततर्फ सर्वोत्कृष्ट खेलाडी, उत्कृष्ट गोल रक्षक तथा सर्वाधिक गोलकर्तालाई नगद राशीले सम्मान गरिने महासंघका सचिव सीपी खनालले जानकारी दिए । प्रतियोगितालाई जित र हारको रूपमा भन्दा पनि आपसी सद्भाव र सम्बन्ध बिस्तारएको रूपमा लिइएको उनले बताए । सोमबार अन्तिम सेमिफाइनल र फाईनल खेल हुने छ भने रूपन्देहीका मिडिया हाउसहरूको बीचमा प्रतिस्पर्धा पनि सोमबार नै हुने कार्यक्रम संयोजक श्रेष्ठले जानकारी दिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?