Butwal Today

सुनको मूल्यमा नयाँ कीर्तिमानः तोलाको १ लाख ७६ हजार बढी

१७ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, १७ चैत ।

सुनको मूल्यले नयाँ कीर्तिमान बनाएको छ ।

पछिल्लो समय निरन्तर बढिरहेको छापावाल सुनको मूल्य आइतबार तोलामा १ लाख ७६ हजार ८०० रुपैयाँ पुगेको छ ।

यसअघि शुक्रबारको तुलनामा आईतबार ६०० रुपैयाँ बढेर हालसम्मकै उच्च बिन्दुमा पुगेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने केही घटेको छ । शुक्रबार तोलामा २ हजार ४० रुपैयाँ कायम भएको चाँदीको मूल्य आइतबार भने १५ रुपैयाँ घटेर तोलामा २ हजार २५ रुपैयाँमा कारोबार भईरहेको छ ।