Butwal Today

त्रिवि केन्द्रीय क्याम्पसमा भोली निर्वाचन

१७ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, १७ चैत ।

त्रिभुवन विश्वविद्यालयको केन्द्रीय क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन निर्वाचन भोली हुने भएको छ । त्रिवि स्ववियु निर्वाचन समितिले आज एक सूचना जारी गरेर निर्वाचन चैत १८ गते सोमबार हुने जानकारी दिएको हो ।।सर्वोच्च अदालतले पाटन उच्च अदालतले निर्वाचन रोक्न दिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिनु नपर्ने फैसला गरेपछि निर्वाचनको मिति आज तय गरिएको हो ।

यसअघि चैत ५ गते विवादको कारण निर्वाचन हुन सकेको थिएन । सर्वोच्चको फैसाला पछि त्रिबी, केन्द्रिय क्याम्पसलाई निर्वाचन गराउने बाटो खुल्यो ।