ट्रेंडिंग:

>> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए

‘साहित्य समाजको दर्पण हो’

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

दाङ,१७ चैत ।

राप्ती साहित्य परिषद दाङ शाखाको आयोजनामा दाङको घोराहीमा भएको बहुभाषिक काव्य उत्सव तथा श्रस्टा सम्मान (२०८१ सम्पन्न भएको छ। कार्यक्रममा राप्ती साहित्य परिषदका सस्थापक अध्यक्ष एवं बरिष्ठ साहित्यकार नारायणप्रसाद शर्माले विविधताको कार्यक्रम राम्रो हुने बताए । काव्य उत्सवले भाषाको संरक्षण हुने बताए । साहित्य समाजको दर्पन भएको र जस्तो समाज हुन्छ त्यसै लेख्नुपर्ने बताएका थिए ।

बहुभाषिक काव्य उत्सवमा नेपाली, संस्कृत, अवधि, कुसुण्डा, नेवारी, मगर र थारू भाषाका १४ वटा काव्य रचना बाचन गरिएका थिए । उत्सवमा साहित्यकार एवम् कविहरू नारायण नेपाल र शारदा शर्माले नेपाली भाषा, उत्तम खतिवडा र जनक पोखरेलले संस्कृत भाषा, नारायणप्रसाद श्रेष्ठ र योगमाया श्रेष्ठले नेवारी भाषा, जगतराम यादव र बसन्तप्रकाश यादवले अवधि भाषा, छविलाल कोपिला र राजकुमार कान्छाले थारू भाषा, क्षितिज मगर र कमलप्रसाद गौतमले मगर खाम भाषा र उदयराज आले र निर्मला कुसुण्डाले कुसुण्डा भाषाका विभिन्न विषयवस्तु समेटिएका रचना प्रस्तुत गरिएका थिए ।

कार्यक्रममा साहित्य तथा गीत संगीत क्षेत्रको उन्नयनमा योगदान पुरायाउने ६ जना साहित्यकारलाई सम्मान एवम् पुरस्कृत गरिएको थियो । कार्यक्रममा यज्ञबहादुर बुढाथोकी स्मृति पुरस्कारबाट कवि एवम् समालोचक डा. कृष्णराज डिसी, वेदवप्रसाद जयश्वरी रावत स्मृति पुरस्कारबाट गायक प्रकाश रेग्मी र कृष्ण गायत्री प्रज्ञा पुरस्कारबाट कवि एवम् समालोचक, अनुसन्धानकर्ता डा.कृष्णराज सर्वहारीलाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा साहित्यकार एवम् समाजसेवी विनोद पोख्रेल, साहित्यकार पद्मप्रसाद शर्मा र राप्ती साहित्य परिषद् दाङ शाखाका निवर्तमान अध्यक्ष दीपक शर्मा ‘समीर’ लाई सम्मान गरिएको थियो।

कार्यक्रममा बोल्ने अन्य वक्ताले एउटै मञ्चमा विभिन्न भाषाका कवितालाई स्थान दिएर नयाँ अभ्यासको थालनी गरिएको भन्दै यस प्रकारको कार्यक्रमले ओझेलमा परेका भाषा, साहित्य र संस्कृतिको विकासमा सहयोग गर्ने बताएका थिए । वक्ताहरूले नेपालको बहुजाति, बहुभाषिक र बहुसांस्कृतिक पहिचानलाई उजागर गर्न कार्यक्रमले सघाएको भन्दै आगामी दिनहरूमा यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनु पर्नेमा जोड दिएका थिए । साथै आगामी दिनमा सबै भाषा र भाषालाई समेट्दै कार्यक्रम गर्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा वरिष्ठ साहित्यकार उत्तमकृष्ण मजगैँयाले भाषा, साहित्य र कला संस्कृतिको विकासका लागि सबै भाषालाई समेट्दै कार्यक्रमहरू गर्न आवश्यक रहेको बताएका थिए । दाङले राम्रो कामको सुरुवात गरेको बताए । राप्ती साहित्य परिषद्का केन्द्रीय निवर्तमान अध्यक्ष तथा सल्लाहकार पुरुषोत्तम खनाल, राप्ती साहित्य परिषद्का केन्द्रीय अध्यक्ष टिकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार दीपक शर्मा ‘समिर’, पुरस्कृत व्यक्तित्व प्राज्ञ सदस्य कृष्णराज सर्वहारी, सम्मानित व्यक्तित्व पदमप्रसाद शर्मा, लेखक संघ दाङका अध्यक्ष खगराज न्यौपाने, साहित्य तथा संस्कृति प्रतिष्ठान तुलसीपुरका अध्यक्ष डिल्लीराज श्रीधर, देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च एवम् नागरिक समाज दाङका संयोजक निमबहादुर थापालगायतले मन्तव्य व्यक्त गरेका थिए ।।।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?