ट्रेंडिंग:

>> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य

साँस्कृतिक सम्पदाको संरक्षण गरौं

१७ चैत्र २०८१, आइतबार
१७ चैत्र २०८१, आइतबार

भनिन्छ– सीप, कला र संस्कृति व्यक्तिको सम्पत्ति हो । मान्छे जहाँ जान्छ, त्यहाँ आफ्नो कला, संस्कृति र संस्कार पनि बोकेर जान्छ । अब त्यो संस्कृति व्यक्तिको मात्र रहेन । देशकै सम्पदामा गणना हुन थालेको छ । साँस्कृतिक सम्पदा मानव सभ्यताको सुरुवात सँगसँगै निरन्तर रूपमा मानव समाज, परिवार र व्यक्तिबाट निरन्तरता पाउँदै आएको छ । जो मानव समाज, परिवार र व्यक्तिको अस्तित्व रहँदासम्म निरन्तर चली नै रहनेछ । लुम्बिनी सरकारले व्यक्ति र समुदायमा भएका यिनै संस्कृतिको संरक्षण र प्रवद्र्धनका लागि अभिलेखीकरण र व्यवस्थापन थालेको छ । उद्योग पर्यटन तथा यातायात मन्त्रालयले अभौतिक सांस्कृतिक सम्पदाको सूचिकरण तथा व्यवस्थापन सम्बन्धी कार्यविधि २०८१ निर्माण गरेको छ । सामान्य अर्थमा भन्दा ऐतिहासिक सम्पत्ति, पुरातात्विक स्थल र अवशेष सम्पदा हुन् । स्मारकहरू, प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पत्तिलाई सम्पदा भनिन्छ । सम्पदा दुई किसिमका छन् । देख्न सकिने जस्तै नदी, ताल, झरना, वन जंगल, दरबार, मन्दिर, मानववस्ती लगायत मूर्त अर्थात् भौतिक सम्पदा हुन् । प्रत्यक्ष आँखाले देख्न नसकिने तर मनले अनुभूति गर्न सकिने सम्पदा अमूर्त वा अभौतिक सम्पदा हुन् । चाडपर्व, रीतिरिवाज, कर्मकाण्ड, संस्कार, मेला, जात्रा, भेषभुषा आदि अमूर्त सम्पदामा पर्छन् । पुर्खाहरूले आफ्नो सीप र दक्षताको प्रयोगबाट निर्माण गरेका विभिन्न साँस्कृतिक दृष्य भौतिक सम्पदा हुन् । तिनै भौतिक सम्पदाहरूलाई जीवन्तता प्रदान गर्न विभिन्न स्वरूपमा मानिंदै आएका परम्परागत जात्रा, पर्व, बोलिंदै आएको भाषा, गीत—संगीत आदि अदृष्य विषय अभौतिक सम्पदा हुन् ।

अमूर्त वा अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि सन् २००३ मा लागू गरियो । नेपालले यस महासन्धिमा सन् २०१० जुन १५ मा हस्ताक्षर गरेको थियो । संयुक्त राष्टसंघको महासन्धीले कुनैपनि प्रचलन, ज्ञान, सिप, कला, वस्तु र त्यससँग जोडिएका सांस्कृतिक स्थललाई अभौतिक सांस्कृतिक सम्पदाका रूपमा परिभाषित गरेको छ । व्यक्तिमा सृजनात्मकता बनाउन सघाउने कला, साहित्य र संगीत पनि अभौतिक सांस्कृतिक सम्पदा हुन् । भाषा सहितको मौलिक परम्परा र अभिव्यक्ति, अभिनय कला, सामाजिक व्यवहार, अनुष्ठान र चाडपर्व, उत्सव, प्रकृति र ब्रह्माण्डसँग सम्बन्धित ज्ञान र व्यवहार तथा परम्परागत कलाकौशलता गरी अभौतिक सम्पदालाई पाँच भागमा विभाजन गरेको पाइन्छ । नेपालको सन्दर्भमा परम्परागत खेल र मौलिक एवं रैथाने पाकशैली (खाना) का विभिन्न परिकारलाई समेत अमूर्त सांस्कृतिक सम्पदामा लिन सकिन्छ । नेपालको सन्दर्भमा परम्परागत खेल र मौलिक एवं रैथाने पाकशैली (खाना) का विभिन्न परिकारलाई समेत अमूर्त सांस्कृतिक सम्पदा हुन् ।

लुम्बिनी प्रदेशको उद्योग पर्यटन तथा यातायात मन्त्रालयले चाडपर्व, मेला, जात्रा, लगायतका अभौतिक सम्पदाको अभिलेखीकरणका लागि भन्दै बुटवलमा शुक्रबार विज्ञहरूसहितको अन्तरक्रिया आयोजना ग¥यो । अन्तरक्रियामा अमूर्त सम्पदा संरक्षण र संवद्धनमा सघाउन आग्रह ग¥यो । संघीय पर्यटन तथा संस्कृति मन्त्रालययका सहसचिव सुरेशसुरज श्रेष्ठ र प्रदेश मन्त्रालयका अधिकृत गणेश घिमिरेले प्रदेशको पर्यटन तथा संस्कृतिको विद्यमान अवस्था र अभिलेखीकरणका मापदण्डबारे मसिनोगरी सहजीकरण गरे । अभौतिक सांस्कृतिक सम्पदाको संरक्षण किन त ? सरोकारवालाहरू भन्छन्, “अभौतिक सांस्कृतिक सम्पदाको संरक्षणले पहिचान, परम्परा र एकतालाई बढाउदै पर्यटन प्रवद्र्धनमा सहयोग पुग्छ । परम्परा र संस्कृतिको पुस्तान्तरण एवं परम्परागत मूल्य, मान्यता र शैलीको संरक्षणका लागि पनि यो आवश्यक छ ।”
वास्तवमा अभौतिक सांस्कृतिक सम्पदाहरू के के हुन् त ? यसको क्षेत्र फराकिलो छ । स्मरणमा रहेका तर अभ्यासमा नरहेका अमूर्त सांस्कृतिक सम्पदा, मौखिक परम्परा तथा अभिव्यक्ति, अभिनय तथा मञ्चन कला, सामाजिक व्यवहार, अनुष्ठान, जात्रा पर्वहरू, प्रकृति एवं व्रम्हाण्ड सम्बन्धी ज्ञान र परम्परागत कलाकौशल, उत्पादन गर्ने सीप र प्रविधि अभौतिक सम्पदा हुन् । यस्तै, परम्परागत खेल, परम्परागत खाद्य परिकारका सीप, पहिरन लगायत आभुषण सम्बन्धी ज्ञान, सम्पदा अभ्यास, कार्यान्वयन तथा अभ्यास गर्ने स्थल पनि यसमा पर्छन् ।

लुम्बिनी प्रदेशभित्र अभौतिक सम्पदाका क्षेत्र के के हुन सक्छन् ? त्यसमा कालीगण्डकी नदी, रुरु क्षेत्र र शालग्रामको महिमा, शाक्यकालीन तिलौराकोट सभ्यताको पुनः जागरण, कपिलदेवको सांख्यदर्शन, लुम्बिनी क्षेत्र र बुद्धका ज्ञानलाई दैनिक जीवनमा रूपान्तरण मुख्य हुन् । प्रदेश सरकारले दाङको रियार क्षेत्रको महिमा, दैनिक योग ध्यान, परम्परागत खाना पद्धति, उपवास, पूर्वीय दर्शनमा नैतिकता र अनुशासन, पाणिनी सुत्र, गृहस्थहरूको पारिवारीक अनुशासनलाई पनि अभौतिक सम्पदाको क्षेत्र मानेको छ ।

अभौतिक सांस्कृतिक संरक्षण सजिलो छैन । त्यसका थुप्रै चुनौति छन् । लुम्बिनी प्रदेशको उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका अधिकृत गणेश घिमिरेका अनुसार सबैभन्दा ठूलो चुनौति योग ध्यानको अर्धज्ञान-अर्ध अभ्यास हुनु हो । परम्परागत कला संगीतको पुस्तान्तरणको अभाव, दर्शन-मूल्य मान्यता प्रति अपनत्वभावको अभाव, महायज्ञ कथावाचनको उद्देश्य ज्ञानवद्र्धक भन्दा प्रचारमुखी हुनुले पनि समस्या निम्त्याउँछ । सामाजिक संस्कारमा सामाजिक संजालको दुरूपयोग, विद्यालयको पाठ्यक्रम संस्कार र संस्कृति मैत्री पर्याप्त नहुनु, गृहस्थ विनय ह्रास हुनु र कला संस्कृतिको अभिलेख कमजोर हुनुले सांस्कृतिक सम्पदा संरक्षणमा चुनौति देखिएको छ ।

सांस्कृतिक सम्पदाको संरक्षणका लागि अभिलेखीकरण आवश्यक छ । सम्पदाको संरक्षण र अभिलेखीकरणको जिम्मेवारी तीन तहकै सरकारको हो । संघीय मन्त्रालयले देशभरका प्रदेशले प्रदेशका र स्थानीय तहले आफ्नो भुगोलभित्रका अभौतिक सांस्कृतिक सम्पदाको सुचिकरण गर्छ । लुम्बिनीको उद्योग पर्यटन तथा यातायात मन्त्रालयका सचिव नारद गौतमका अनुसार नेपालका अभौतिक साँस्कृतिक सम्पदाहरूको संरक्षण तथा व्यवस्थापनका लागि हरेक जनसमुदायलाई सुसूचित गराउनु अहिलेको आवश्यकता हो । एकार्काको सम्पदाको सम्मानप्रतिको सद्भावनालाई अभिवृद्धि गर्दै निरन्तरताको सुनिश्चितता गराउन पनि सुचिकरण वा अभिलेखीकरण आवश्यक छ । यसले हरेक साँस्कृतिक सम्पदा सम्बद्ध व्यक्ति, समूह, वा समुदायको सम्पदाप्रतिको सम्मान गराउँछ । सम्पदाहरूको संरक्षण तथा व्यवस्थापनका लागि उत्प्रेरित एवं सहजीकरण गर्छ । राष्ट्रिय सूचीकरणमा परेका भएपनि प्रदेश एवं स्थानीय तहमा अभिलेखीकरण हुनुपर्छ ।

अन्तराष्ट्रमा हेर्दा संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक संगठन (युनेस्को) को स्थापना सन् १९४५ मा भएको हो । त्यसै बेलादेखि सांस्कृतिक सम्पदाको पहिचान, संरक्षण र प्रवद्र्धनको जिम्मा युनेस्कोलाई दिइएको छ । देशभित्र भने तीन तहकै सरकारले व्यक्ति वा समुदायको ज्ञान, सिप, कला, संस्कार र संस्कृतिको पहिचानसहित संरक्षण गर्नुपर्छ । यसले मात्रै समाज सम्मृद्ध बनाउँछ । ज्ञान, सीप पुस्तान्तन्रण हुन्छ । पर्यटन प्रवद्धन गर्न सकिन्छ । नेपाल वैदिक कालदेखि नै ज्ञान, सिप, कला, कौशल र सृजनाको केन्द्र हो । आधुनिक युगमा पनि विभिन्न जातिका अनेकौ सीप, कला, संस्कृति र कौशल छन् । तिनको संरक्षण गरौं र जस्ताको तस्तै पुस्तान्तरण गरौं । यसले मात्रै व्यक्ति, घर, समाज, समुदाय र देशको संस्कार, संस्कृति, परम्परा र पहिचान बच्नेछ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?