© 2026
बुटवल, १७ चैत ।
नीजि लगानीमा रूपन्देहीको तिलोत्तमामा निर्माणधिन एक्स्ट्रा टेक ओभल क्रिकेट स्टेडियममा जडान भएको फलड लाईटको परिक्षण स्वरूप मैत्रीपूर्ण टि–१० प्रतियोगिता आयोजना गरिएको छ । शुक्रबार राती नेपाल क्रिकेट संघ क्यान केन्द्र र क्यान रूपन्देहीका पदाधिकारीका टिमका बिचमा रात्रीकालिन क्रिकेट प्रतियोगिता गरिएको हो । शुक्रबार नै भैरहवामा केन्द्रको बैठकमा सहभागि केन्द्रिय अध्यक्ष चतुरर्भज बहादुर चन्द, उपाध्यक्ष रोशन सिह, सचिव पारस खड्का प्रतिक मझगैया, दिनराज भण्डारी लगायतको टिम मैदानमा जडान भएको फलड लाईटको परिक्षणका रूपमा मैत्रीपूर्ण प्रतियोगिता गरिएको हो । रूपन्देही जिल्लाका अध्यक्ष हरि बहादुर थापाको नेतृत्वमा उपाध्यक्ष धिरज अधिकारी, पुनित पोखरेल, अनिल सेन्चुरी, सुसनमान श्रेष्ठ, विजय ज्ञवाली, कृष्ण कुवर मनोज भण्डारी सहभागी रहेका थिए ।
प्रतियोगितामा राष्ट्रिय महिला क्रिकेट टिमका प्रशिक्षक बसन्त शाही र शंकर राना एम्पायरको भुमिकामा रहेका थिए ।
क्यानका अध्यक्ष चतुरर्भज बहादुर चन्दले क्रिकेटको बिकासमा नीजि क्षेत्रमा निमार्ण गरिएको
रंगशाला कोसेढुगा साबित हुने बताए । सरकारी क्षेत्रबाट समेत फलड लाईट जडानको काम भईरहेको हुदा पूर्वाधार विकासले अब नेपालमा रात्रीकालिन खेल खेलाउने सम्भावनाका बाटाहरू खुलेको उनले बताए ।
निर्माधिन रंगशालामा जडित फलड लाईटको परिक्षणका रूपमा प्रतियोगिता आयोजना गरिएको एक्स्ट्रा टेक ओभल क्रिकेट स्टेडियमका निर्देशक सुर्य कुवँरले बताए । मैदानमा जडान गरिएको लाईटको अवस्था के छ ? थप के गर्नुपर्छ भन्ने सुझाव पाउने गरि क्यानलाई निम्तो दिएर मैत्रीपूर्ण प्रतियोगिता गरिएको उनले बताए । मैदानमा जडान भएको पाच वटा फलड लाईटमा करीब ७ करोड रूपैया लगानी भएको उनले बताए । यसैगरि अभ्यास पिचमा दुई वटा मिनी म्याक्स लाईट जडान गरिएको छ । भर्खरमात्र सोही मैदानमा पिएम कपका खेलहरू सम्पन्न भएका छन ।