Butwal Today

दुर्गा प्रसाईंले फेसबुक लाईभमा, भने, `आन्दोलन हिंसात्मक हुनुमा राज्य र युवा संघ जिम्मेवार´

१७ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, १७ चैत ।

बिबादस्पद मेडिकल व्यावसायी दुर्गा प्रसाईं फेसबुक लाईभमा देखिएका छन् ।

गत १५ चैत देखि प्रहरीको खोजीमा रहेका प्रसाईं फेसबुक लाईभमा देखिएका हुन्। मन्दिरलाई पृष्ठभमी पारेर प्रसाईले आन्दोलनमा भएको हिंसाका लागि माफी मागेका छन् ।

उनले आन्दोलन सफल हुने भए पछि नेकपा एमाले निकट युवा संघ र राज्य संयन्त्र मिलेर आन्दोलन तुहाउन हिंसाको सहारा लिएको आरोप लगाएका छन्।आफूलाई समेत मार्ने योजना बनाएको भन्दै उनले आन्दोलन नरोकिने जनाएका छन्।